एजेन्सी – अफगानिस्तान पसेको १८ वर्षपछि अमेरिकाले तालिवानसँग शान्ति सम्झौता गरेको छ । अफगान सरकारले सम्झौताको स्वागत गर्दै ३० दिनभित्र स्थायी युद्धविरामका लागि प्रतिबद्धता व्यक्त गरेको छ । अमेरिकाले अफगानिस्तानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्नेसमेत वचन पनि दिएको छ ।
अन्नपूर्ण पोष्ट दैनिकले लेखेको खबर अनुसार, सम्झौता कार्यान्वयन भएमा अबको १४ महिनापछि अमेरिकी तथा उसको सैन्य गठबन्धनका सुरक्षाफौज, गैरसैनिक व्यक्तिहरू अफगानिस्तानबाट फिर्ता हुनेछन् । साढे चार महिनामा हालको १४ हजारबाट अमेरिकी फौज आठ हजार ६ सयमा सीमित हुनेछन् ।
यता, अफगानिस्तानमा तालिवानसहितको नयाँ सरकार गठन हुनेछ । अमेरिकी सहयोगमा अफगानिस्तान सरकार, सरोकारवाला र तालिवान समूहबीच २७ फागुनमा वार्ता हुने तय भएको छ । त्यसअघि नै अफगानिस्तान सरकारले एक हजार तालिवान बन्दी रिहा गर्नेछ । तालिवानको मागअनुसार बाँकी चार हजार बन्दी थप तीन महिनामा रिहा हुनेछन् ।
तालिवानले अफगान भूमिमा अमेरिकाको सुरक्षाविपरीत गतिविधिमा पूर्ण रोक लगाउने तथा अमेरिकाले तालिवानविरुद्ध लगाइएको अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाउने सहमति भएको छ ।
दोहामा अमेरिकी विदेशमन्त्री माइक पोम्पियोसहित अन्य ३० भन्दा बढी देशका कूटनीतिक प्रतिनिधिको रोहबरमा भएको शान्ति सम्झौतामा अमेरिकाका तर्फबाट विशेष दूत जालमे खालिलजाद र तालिवानका तर्पmबाट राजनीतिक उपप्रमुख अब्दुल घानी बरादरले हस्ताक्षर गरेका छन् । समारोहमा कतारका लागि नेपाली राजदूत डा। नारद भारद्वाज पनि सहभागी भए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस