काठमाडौं- स्नातक र स्नातकोत्तर गरेका नेपालीले कामदार भिसामा अमेरिका जान पौने भएका छन् । यसका लागि अमेरिकाले ‘एचवान बी ’ आवेदन आज १२ बजेदेखि खुलाउँदैछ ।
युएससीआईएसको सुचना अनुसार आजदेखि मार्च २० तारिखका दिन दिउँसो १२ बजेसम्म आवेदन दिन सकिनेछ ।
युएससीआईएसकाले यो आवेदन आर्थिक बर्ष २०२१ का लागि खुलाएको हो । यसका लागि आवेदन निर्धारित समयसम्ममा विश्वको जुनसुकै स्थानबाट भर्न सकिनेछ ।
जसका लागि अनलाईन दर्ता गर्न १० डलर शुल्क लाग्नेछ । फारम भरेपछि आवेदकलाई युएससीआईएसले कन्फर्मेशन कोड पठाउनेछ । आँफु छनौंट भएको वा नभएको यकिन गर्न नतिजा मार्च ३१ मै हेर्न सकिने छ ।
छनौट भएका अवेदकहरुले एचवान बी भिसाका लागि प्रकृया अगाडि बढाउन सक्ने र तोकिएका सबै प्रकृया पूरा गरेको खण्डमा अमेरिकाले भिसा दिने बताइएको छ ।
उच्च शिक्षा प्राप्त गरेका एचवानबी कामदारका लागि यो प्रकृया अघि बढाइएको सुचनामा उल्लेख गरिएको छ । अमेरिकी रोजगारदाताले क्षमतावान उच्च शिक्षा प्राप्त कामदारहरुकाे लागि पहिलोपटक अनलाइनमार्फत रजिस्ट्रेशन दिन लागेको हो।
याे पटक स्नातकका लागि ६५ हजारको कोटा खुलाइएको छ । त्यस्तैगरी अमेरिकामै मास्टर्स डिग्री गरेकाहरुका लागि २० हजारको कोटा खुलाइएको छ । यद्यपि अमेरिकामै मास्टर्स डिग्री गरेकाहरु पनि ६५ हजारको कोटामा आवेदन दिनसक्ने सुचित गरिएको छ ।
आवेदन गर्ने तरिका यो भिडियो हेर्नुहोस
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस