काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले अडियो प्रकरणमा मुछिएका निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा निर्दोष भएको बताएका छन् ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाद्वारा आयोजित बाग्मती प्रदेशस्तरीय प्रशिक्षणमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।
बाँस्कोटाले भ्रष्टाचार गरेकाले नभई प्रश्न उठेकाले राजीनामा दिएको बताउँदै प्रधानमन्त्री ओलीले भने– ‘एउटा टेप प्रकरणमा कुनै मान्छेले अनधिकृत तवरले अडियो सार्वजनिक गरेको छ। तर केही प्रमाण छैन, सत्यता पुष्टि भएको छैन, स्विस एम्बेसीले पनि त्यो एजेन्ट होइन भनेको छ।’
नेपालसमाचारपत्र दैनिकले लेखेको खबर अनुसार आप्नोसमेत नाम जोडेर अख्तियारमा दिइएको उजुरी औचित्यहीन भएको टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले भने– ‘बाँस्कोटाले भ्रष्टाचार गरेकाले नभई प्रश्न उठेकाले राजीनामा दिनुभएको हो। अडियो सार्वजनिक गर्ने व्यक्ति विजय मिश्र फटाहा भएको पुष्टि भइसकेको छ। त्योसँग त डिल नै भएको छैन।
फ्रेन्च र जर्मन कम्पनीको प्रतिस्पर्धामा दुईटा सरकारहरूको डिल भएको छ, कुरा भएको छ। अनि अर्को स्वीस कम्पनीको एजेन्टसँगको वार्ता कहाँ भयो, जोसँग खरिदको प्रसंग नै छैन।’
पार्टी र सरकारलाई बदनाम गर्न र नेताहरूको चरित्रहत्या गर्न संगठित प्रयास भइरहेको उनले दाबी गरे ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस