सुनसरी – स्थानीयवासीबाट सुरक्षा खतरा बढेको भन्दै सप्तकोशी नदीमा बन्द भएको जल यातायातको रूपमा सञ्चालित जेटबोट (पानी जहाज) सञ्चालनमा आएको छ ।
स्थानीयवासीले राखेको रोजगारी र भाडामा सहुलियतको माग पूरा हुने भएपछि साना पानी जहाज सञ्चालनमा आएको हो । सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्स्पोर्टेशन प्रालिका सञ्चालक राजेन्द्र कार्कीका अनुसार नयाँ सहमति अनुसार चतराबाट धनकुटाको साँघुरीगढी गाउँपालिकाको सङ्खुवासम्मको भाडा रु ३०० बाट २५०, चतराबाट शहीदभूमि गाउँपालिकाको त्रिवेणीसम्मको भाडा रु ३५० बाट रु ३०० कायम गरिएको छ भने चतराबाट हुतवागढी–९ हसनपुरको सिम्ले-हलेदे नदी किनार आसपासका स्थानीयको भाडा रु ४०० र अन्य क्षेत्रबाट आउने यात्रुको भाडा रु ५०० पहिलाकै यथावत राखिएको छ ।
स्थानीयवासीले विभिन्न माग राख्दै जेटबोट सञ्चालनमा अवरोध गरेपछि करिब एक सातादेखि सेवा बन्द भएको थियो । स्थानीयवासीसँग सहमति भएपछि गत सोमबारबाट नियमित सेवा सञ्चालनमा आएको हो । सप्तकोशी नदीमा चार वटा कम्पनीका सात वटा जेटबोट सञ्चालनमा छन् । सो स्थानमा बिहान ७ बजेबाट साँझ ५ बजेसम्म प्रहरी चेक पोष्ट रहने सहमति समेत भएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस