काठमाडौं – मन्त्रीको सल्लाहकार भएको भन्दै युवतीलाई प्रभावमा पारेर बलात्कार गर्ने व्यक्ति पक्राउ परेका छन् । टोखाका अमृतबहादुर घलेलाई प्रहरीले पक्राउ गरेको हो । उनले आफू सहरी विकासमन्त्री रामवीर मानन्धरको आर्थिक मामिला सल्लाहकार भएको भन्दै एक युवतीलाई प्रभावमा पारेका थिए ।
१२ कक्षामा अध्ययनरत ती किशोरीलाई आफूले थप अध्ययन गराउने तथा अमेरिका पठाइदिने भनेर आफ्नै डेरामा बन्धक बनाएर बलात्कार गरेका हुन् । उनलाई दुई सातादेखि हिरासतमा राखेर कारबाही अघि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले बताए ।
गत २७ माघमा लिफ्ट दिएर घले युवतीसँग नजिकिएका थिए । बनेपामा बस कुरिरहेकी युवतीलाई उनले मोटरसाइकलमा लिफ्ट दिएर काठमाडौं ल्याएका थिए । आफू मन्त्रीको सल्लाहकार रहेको र अमेरिकाको ग्रिन कार्ड होल्डर भएको बताउँदै उनले युवतीलाई अमेरिका पठाइदिने आश्वासन दिएर डेरामा लगेका थिए ।
डेरामा बन्धक बनाएर बलात्कार गरेको उजुरी युवतीले १ फागुनमा दिएकी थिइन् । घलेको परिवार अमेरिकामा रहेको खुलेको छ । उनी जग्गा कारोबारमा संलग्न व्यक्ति हुन् ।
प्रहरीलाई प्रभावमा पार्नसमेत उनले आफू राज्यमन्त्रीको सल्लाहकार भएको बताएको हुन सक्ने डिएसपी बोगटी बताउँछन् । अनुसन्धानका क्रममा उनी मन्त्रीको सल्लाहकार नभएको खुलेको छ । नयाँपत्रिका दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस