काठमाडौं -अघिल्लो साता डरलाग्दो किसिमले तल झरेको शेयर बजारमा यस साताको मध्यबाट उत्साहको नयाँ माहोल सिर्जना भएको छ । शेयर मूल्य धेरै घटेका राम्रा तथा सुरक्षित कम्पनीहरुमा खरिदकर्ताको चाप पर्दा नेप्से र कारोबार रकम दुवैमा उल्लेखनीय बढोत्तरी भएको छ ।
तिब्र गिरावटका बिच सुधारको क्रममा रहेको शेयर बजार परिसुचक नेप्से बुधबार ५० अंक बढीले उकालो लागेको छ । अधिकांस कम्पनीको शेयरमा अधि मात्रामा खरिद चाप परेसँगै बजार खुलेदेखि उकालो लागेर केही बेर उतार चढाव गरी बन्द हुँदा ५४ दशमलव ६५ अंकले सुधारिएको हो ।
बजार खुलेदेखि नै अधिक मात्रामा खरिदकर्ताको चाप आए पछि बजार परिसुचक नेप्से बुधबार १६०८।३३ अंकमा उक्लिएको हो । केही दिन अघि मात्र त्रिब्र गिरावटका क्रममा १४०४ अंकसम्म झरेको बजारमा लगानीकर्ताको उत्साह बढेसँगै अब लगानीकर्ताले धेरै मूल्य घटेका राम्रा राम्रा कम्पनीको छनौट गरी शेयर किन्न थालेका हुन् ।
ठुलो अंकको उतार चढावका बेला लगानीकर्ताले उचित निर्णय लिन नसक्ने भए पनि अब बजार उतार चढावको क्रमबाट उकालो लाग्ने क्रममा आएको हो । यस क्रममा बुधबार नेप्सेमा एक सय ३५ कम्पनीका १५ लाख २५ हजार चार सय नौ कित्ता शेयरहरु आठ हजार छ सय ८९ कारोबारबाट १ अर्ब ३६ करोड ३५ लाख ८१ हजार रुपैंयामा किनबेच भएका छन् ।
बजार सुधारात्मक बन्दै जाँदा बुधबार एभरेष्ट बैंकको मात्र २० करोड बढीको शेयर कारोबार भएको छ । त्यस पछि बैंक अफ काठमाण्डू लुम्बिनी, शिखर इन्स्योरेन्स, सिद्धार्थ बैंक लगायतका वाणिज्य बैंक तथा बीमा कम्पनीको अधिक मात्रामा शेयर किनबेच भएको छ ।
मध्यमस्तरको मूल्यमा वाणिज्य बैंकको शेयर पाइराखिएकाले पनि जोखिम वहन गर्न लगानीकर्ताको आकर्षण यस्ता बैंकहरुको शेयरमा बढेको देखिएको हो । यस क्रममा बैंक अफ काठमाण्डू लुम्बिनीको सबै भन्दा धेरै संख्यामा शेयर किनबेच भएको छ । मेगा, सिभिल, सिद्धार्थ माछापुछ्रे, कुमारी एनबी बैंक लगायतको धेरै संख्यामा शेयरहरु किनबेच भएका छन् |होटल समुह स्थिर रहेको बजारमा सबै समुहगत परिसुचक तिब्र सुधारसँगै हरीयो बनेका छन् ।
धेरै कमाउनेको सूचीमा भने विकास बैंक तथा लघुवित्त कम्पनीहरुको वर्चस्व देखिएको छ । नेशनल लाइफ इन्स्योरेन्सको अधिक शेयर मूल्य बढेको बजारमा दुई दर्जन कम्पनीहरुको शेयर मूल्य आठ प्रतिशत भन्दा बढीले महंगिएको छ । त्यसै गरी बजारमा गुमाउनेको सूचीमा लघुवित्त कम्पनी, बीमा कम्पनी तथा विकास बैंकहरु रहेका छन् ।
बजार करेक्सनको एउटा विन्दुमा पुगेर माथि चढ्दै गर्दा बजार प्रवेश गर्नेहरुले सुरक्षित महसुस गर्ने सक्ने अवस्था बनेको संकेत बुधबारको बजारले देखाएको छ । घटिरहेको बजार प्रवेश भन्दा बढ्न सुरु गरेको बजार प्रवेश फाइदाजनक अनि सुरक्षित हुने भएकाले लगानीकर्ताका लागि लगानीको अवसर बजारले दिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस