काठमाण्डौ-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले सो निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीलाई जानकारी दिएका छन्।
उहाँले उपाध्यक्ष गौतमलाई मन्त्रिपरिषद्का सिफारिसमा राष्ट्रपतिबाट मनोनयन गरिने सदस्य पदका लागि सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको बताए। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनयन गरिने तीनसदस्यमध्ये मनोनीत भएका अर्थमन्त्री डा युवराज खतिवडाको राष्ट्रियसभा सदस्यको अवधि यही फागुन २१ गते सकिँदै छ।
प्रवक्ता श्रेष्ठले संविधान संशोधनका लागि गृहकार्य गर्न पार्टीले कार्यदल बनाए पनि कार्यदल अहिले नरहेको र त्यो क्रियाशील नहुने जानकारी पनि दिएका छन्। ‘‘यसअघि बसेको सचिवालय बैठकमा त्यसप्रकारको कार्यदल बनाएर जानु उपयुक्त हुने सन्दर्भमा समझदारी बने पनि संविधान संशोधन आवश्यकतानुसार हुँदै जान सक्ने संविधानको मर्म र प्रावधानअनुसार अगाडि बढ्न सकिन्छ”।“तर अहिल्यै नै संशोधनका लागि गृहकार्य गर्न कार्यदल बनाएर अगाडि बढ्नुपर्ने औचित्य आजको बैठकले देखेन। प्रवक्ता श्रेष्ठले भनेका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस