तपाई हाम्रा भान्सामा नियमित प्रयोगमा आउने पेय पदार्थ हो दुध । चिया, कफि पिउन होस् या त्यसै पिउन होस् ।
बच्चाहरुलाई पौष्टिक आहारका लागि होस् या बृद्धहरुलाई शक्ति दिन नै किन नहोस् । हामी दुधको नियमित प्रयोग गरिरहेका हुन्छौँ । दुध प्राय स्तनधारी जनावरहरुको लागि अपरिहार्य पेय पदार्थ हो ।
अझ मानव जीवनका लागि त झनै महत्वपूर्ण पदार्थ हो । कुनै पनि शिशुका लागि जन्मेको ६ महिनासम्म उसको सम्पूर्ण खानेकुरा भनेकै दुध मात्र हो । अर्थात दुध बाहेक अरु चिज दिन सकिदैन वा हुदैन पनि । बच्चाको उमेर बढदै जाँदा विस्तारै आमाको दुध आउने र बच्चाले खानेक्रम घटदै जान्छ । त्यसको पूर्ति गाई , भैँसी, भेडा, बाख्रा लगायतका जनावरका दुधबाट पूर्ति गर्ने गरिन्छ । दुध ‘माइक्रो न्युट्रेन्ट’ हो , जसले शरीरको सम्पूर्ण बृद्धिविकासका लागि सहयोग पुर्याउछ ।
दुधबाटै शरीरका लागि आवश्यक पर्ने प्रोटिन, कार्वोहाइट्रेड, फ्याट र मिनरल्स लगायतका तत्वहरु पाइन्छ । शरीरका लागि आवश्यक पदार्थ दुधबाटै पाइने हुनाले नियमित रुपमा दुध पिउने व्यक्ति शारीरिकरुपमा तन्दुरुस्थ र निरोगी हुन्छ ।
दुधमा पानीको मात्रा निकै बढी हुन्छ । त्यसैले साना बच्चाहरुलाई दुध खुवाएपछि छुट्टै पानी खुवाईदैन । किनकी दुधले पानीको काम पनि गर्छ । १०० ग्राम दुधमा ८७. ७ ग्राम पानी हुन्छ । ३.३ ग्राम प्रोटिन, ३.६ ग्राम लिपिड, ४.६ ग्राम कार्वोहाइट्रेड ०.२ ग्राम अर्गानिक एसिड र ०. ७ ग्राम मिनरल्स हुन्छ ।
दुधमा पाइने प्रोटिनले शरीरको वृत्तिविकासको लागि काम गर्छ । बोसो र कार्वोहाइट्रेडले शरीरलाई शक्ति प्रदान गर्छ । तुलनात्मक रुपमा गाईको भन्दा भैँसीको दुधमा कार्वोहाइट्रेड र बोसोको मात्रा बढी हुन्छ । तर कोलिस्ट्रोल र मिनरल्सको मात्रा गाईको दुधमा बढी पाइन्छ ।
दुधले के काम गर्छ?
दुधले शरीरलाई शक्ति दिने काम गर्छ । शरीरका अंग तथा कोशहरुको विकास वा शरीर बढाउनमा मद्दत गर्छ । त्यस्तै पानीको मात्रा पनि बढाउछ ।दुधमा पाइने क्याल्सीयमले हड्डीको विकास गर्छ । आइरनले हेमोग्लोविनको अर्थात शरीरलाई चाहिने रातो पदार्थको काम गर्छ । फोस्पोरसले हडडीलाई चाहिने बस्तुको काम गर्छ । सोडियम पोटासियमले पानीको मात्रा मिलाउने काम गर्छ । त्यस्तै प्रत्येक कोषका लागि चाहिने लवणहरु पाइन्छ ।
यस्ता मानिसहरुले दुध खान हुदैन
सामान्यतया दुध खान नहुने भन्ने त्यस्तो रोग नै छैन । जुनसुकै रोगीले पनि ताजा दुध खानु स्वास्थ्यको लागि लाभदायक नै हुन्छ । तर कहिले काही दुध नखानु पनि राम्रो मानिन्छ । त्यो अवस्था कतिवेला आउछ भने जव हाम्रो शरीरमा ल्याक्टोजको मात्रा कमी भएर पखला लाग्छ । ल्याक्टोज भन्ने एक किसिमको सुगर जस्तै तत्व हुन्छ । त्यसले पाचनको काम गर्छ । जो मान्छेमा त्यो तत्वको कमी हुन्छ त्यस्ता व्यक्तिले दुधको सेवन गर्दा झनै पखला लाग्ने बढने सम्भावना हुन्छ ।
यसलाई चिकित्सक भाषामा ल्याक्टोज इन्टोरोलेन्स भन्ने गरेको छ । यो विशेष गरी बालक र बृद्धहरुमा देखा पर्छ । त्यसैले ल्याक्टोज इन्टोलोरेन्स हुदा खेरी भरीसक दुध नपिउनु राम्रो भन्ने गरिन्छ । अन्यथा जुनसुकै रोगका विरामीले दुध पिउनु सकिन्छ ।
चिकित्सा विज्ञानले बच्चालाई जन्मेको कम्तीमा छ महिना सम्म आमाको दुधमात्रै खुवाउनु पर्छ भनेको छ । त्यसपछि भने आवश्यकता अनुसार गाई भैसीको दुधहरु खुवाउन सकिन्छ । त्यो क्रमलाई जिवनभर निरन्तरता दिन सकिन्छ ।
पछिल्ला समयमा बजारमा पाइने प्याकेटवाला दुधमा पनि गाईभैसीकै दुधमा पाइने तत्व हुनुपर्ने हुन्छ तर कतिपय कम्पनीका दुधमा त्यस्तो तत्व नभएको भन्ने समेत सुनिएको छ । त्यसैले प्याकेट दुधको खरीदमा त्यसको प्याकेटमा लेखिएको तत्वहरुको समेत अध्ययन गर्नु जरुरी हुन्छ ।
दुधबाटै बन्ने दहीले समेत मानव स्वास्थ्यका लागि फाइदाजनक छ । दुधमा पाइने तत्वसंगै दहीमा ल्याक्टो बेक्टेरियास भन्ने तत्व हुन्छ । त्यसले इन्जाइमको काम गर्छ । त्यस्तै दुधबाट बन्ने पनिर तथा चीजले प्रोटिनको काम गर्छ । त्यसैले दुधमा हुने विभिनन पदार्थलाई आवश्यकता अनुसार विभिन्न परिकारमा परिवर्तन गरी फाईदा लिन सकिन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस