टोकियो-हालसम्म संसारकै सबै भन्दा बढी बर्ष बाँच्ने मानिसको सूचीमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड बनाएका एक जापानी नागरिकको आईतवार आफ्नै निवास क्षेत्रको एक नर्सिङ होममा निधन भएको छ ।
चितेत्सु वातानावे नाम गरेका ती व्यक्ति सन् १९०७ मार्च ५ तारिखमा जापानको जोइत्सु क्षेत्रमा जन्मिएका हुन । उनी आफैले गिनिज बुक अफ वल्र्ड रेकर्डले दिएको प्रमाण पत्र समेत ग्रहण गरेका थिए ।
वातानावे जापानकै अर्का विश्वकै सबै भन्दा बढी बाँचेका मासाजु नोनाका पछिका सबै भन्दा बढी बाँच्ने मानिस रहेका थिए । नोनाका ११३ बर्ष बाँचेका थिए र उनी २०१९ को जनावरी २० मा स्वर्गवास भएका थिए ।
खानपानमा सहजता नभए पश्चात उनी बिरामी परेका थिए र सोहि कारण उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको उपचारमा कुनै कसर बाँकी नराखेता पनि उमेरका कारण नै उनको निधन भएको अस्पतालको भनाई उदृढ गर्दै परिवारले जनाएको छ ।
२० बर्षको उमेरमा ताइवान गएर १८ बर्ष त्यहीँ बसेका उनी दोश्रो विश्वयुद्ध पश्चात पुनः जापान आएर अवकाश नहुन्जेल सरकारी सेवामा रही काम गरेर बसेका थिए। हाल उनका ५ जना छोराछोरी, १६ जना नाती नातीना तथा १ जना पनाती समेत रहेको परिवारले जानकारी दिएको छ ।
जापान दीर्घ जीवन जीउने मानिसहरुको देशको रुपमा परिचित छ । यस अघि काने तानाका पनि ११७ बर्ष बाँचेर विश्व किर्तिमान कायम गरेको तथ्यांक छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस