भक्तपुर-पूर्वउद्योगमन्त्री तथा प्रतिनिधीसभा सांसद महेश बस्नेतको टोलीले भक्तपुरको खरिपाटीस्थित क्वारेनटाइन क्षेत्रको अनुगमन गरि चीनबाट फर्काइएका नेपालीहरुसंग यहाँको अबस्थाबारे जानकारी लिएका छन्।
सरकारले चीनबाट उद्धार गरी भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका नेपालीहरुको बारेमा जानकारी लिन त्यहाँ पुग्नु भएका पूर्वमन्त्री एवं सांसद बस्नेतले क्वारेन्टाईन भित्र रहेका नेपालीहरुसंग त्यहाँको अबस्थाबारे जानकारी लिएका हुन्।
बस्नेतले क्वारेन्टाईन बाहिर संयुक्त सुरक्षाको कमाण्डमा रहेको कन्ट्रोल कक्षबाट माईक मार्फत भित्र रहेका नेपालीहरुसंग सिसि क्यामराको माध्यमबाट भिडियो हेर्दै कुराकानी गरेका हुन। सांसद बस्नेतसंगको कुराकानीमा क्वारेन्टाइनमा रहेका डा. समिर भट्टराई, डा. गौरब पोखरेल, सकिल रेग्मीले क्वारेन्टाईनमा सरकारले गरेको व्यबस्था उत्कृष्ट रहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीदेखि सिंगो सरकारलाई धन्यवाद सुनाईदिनु भनेका छन्।
‘हामी यहाँ सुरक्षित छौ, हामीलाई आवश्यक परेको कुनैपनि सामान तुरुन्तै पाउने गरेका छौ, यहाँ भएकाहरुका परिवारले कुनै चिन्ता लिनु पर्दैन, हामी खुसी छौ, बरु स्थानीय बासिन्दमा फैत्रिएको त्रासले हामीलाई चिन्तित बनाएको छ भनेका थिए।’ स्थानीय बासिन्दामा रहेको त्रास हटाउन सबैले सहयोग गरिदिन पनि उहाँहरुले कन्ट्रोल रुपमा रहेको फोन र माईक मार्फत भिडियो हेर्दै सुझाब दिएका थिए।
सांसद बस्नेतसंग उनीहरुले यहाँबाट निस्किएर परिवारसंग भेट्ने दिनमा सरकारी निकायका व्यक्ति, जनप्रतिनिधीहरु नै आएर विदाई गरि देशभर सकारात्मक सन्देश फैलाउने व्यबस्था गरिदिन पनि आग्रह गरेका छन्। क्वारेन्टाइनमा रहेका चीनबाट फर्किएका नेपालीहरु सरकारले गरेको व्यबस्थाप्रति निकै खुसी भएको र यहाँको अबस्था कुनै पनि चिन्ता लिनुपर्ने र आत्तिनु पर्ने अबस्थामा नरहेको पूर्वमन्त्री एवं सांसद बस्नेतले बताए।
सांसद बस्नेतले चीनमा भययुक्त वातावरणमा असुरक्षा महसुस गरेका नेपालीले आफ्नो देश फर्किएर क्वारेन्टाइनमा बस्दा निकै खुसी भएको र सबै त्रास हटेको प्रतिक्रिया पाएको जानकारी दिए। बस्नेतलाई नेपाली सेना बीरदल गणका गणपति कर्नेल शिव पौडेलले क्वारेन्टाइनको अबस्थाबारेमा जानकारी दिएका थिए भने कन्ट्रोल रुमबाट भित्र रहेका नेपालीसंग कुराकानी गराएका थिए।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी होमकला पाण्डेले भित्र रहेका नेपालीबाट कुनै पनि कुराको माग हुने बित्तिकै यहाँको सुरक्षाको नेतृत्व गर्नु भएका कर्णेल पौडेलले आफ्नै व्यक्तिगत खर्च समेत गरेर भएपनि माग अनुसारको सामान पठाईदिने गरेको जानकारी गरेका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस