काठमाण्डौ-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विना भेदभाव भ्रष्टाचारीलाई कारवाही गर्ने सम्बन्धमा संसदलाई आश्वस्त तुल्याउन प्रधानमन्त्रीलाई आग्रह गरेको छ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा समय मागेर बोल्दै नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले सरकारले गरेको बाचा र कार्यशैलीमा भिन्नता देखिएको भन्दै भ्रष्टाचार गर्दिन र हुनदिन्न भन्नेमा प्रधामन्त्रीले संसदलाई आश्वस्त तुल्याउनुपर्ने धारणा राखेका हुन। प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रण गर्ने, संविधान र लोकतन्त्रलाई खतरा पुग्ने काम नर्गेमा संसदलाई आश्वस्त गराउने विश्वासका साथ संसद सुचारु गराउन प्रतिपक्षी दल तयार रहेको पनि उल्लेख गरेका छन्।
कांग्रेसले सेक्युरिटी प्रेस कमिसन प्रकरणका सम्बन्धमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई बरखास्त गरेर भ्रष्टाचारको अभियोगमा कारवाही अघि चलाउन माग गर्दै फागुन ८ गतेको संसद अवरुद्ध गरेको थियो। प्रधानमन्त्रीले संसदमा आएर मन्त्री बाँस्कोटाले कमिसनका लागि बार्गेनिङ गरेको भनिएको भिडियो सामाग्री र बाँस्कोटालाई कारवाही गर्ने प्रतिवद्धता गर्नुपर्ने माग गरेको थियो।
“यति होल्डिङ नेपाल ट्रष्टको जमिन र विल्डिहरु जसरी दिईदै छ। अनि भनिन्छ , यसो गर्न सकिन्छ भनेर विधानमा लेख्या छ, ऐनमा लेख्या छ। त्यही ऐनलाई प्रयोग गरेको हुँ भनेर। ऐनलाई प्रयोग गरेको अर्थ यति फेला पर्ने वित्तिकै भएभरको लामो सम्बन्धको आधारबाट यतिलाई दिदै जाने अनि कति कति दिने हो? त्यसको पनि टुंगो छैन।” रिजालले भने।
संसदको सार्वजनिक लेखा समितिले वाईडवडी जहाजबारे एकमहिना भित्र छानविन गर्न अख्तियारलाई लेखि पठाए पनि अहिले सम्म प्रक्रिया अघि नबढेको भन्दै रिजालले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।
स्याटलाईड सञ्चालन लगायत विभिन्न योजनाहरुमा सञ्चार मन्त्रालय भित्रै खरबौको भ्रष्टाचार भईरहदा प्रधानमन्त्रीले छानविन गर्नुको सट्टा प्रंसम्सा गर्ने गरेकोमा व्यंग गर्दै प्रधानमन्त्रीलाई कुन लोकमा हुनुहुन्छ भनी प्रश्न गरे। रिजालले प्रधानमन्त्रीले जन्मदिन मनाउने शैलीको पनि आलोचना गरे। पुराना राजा मराजालो जन्मदिन मनाउने शैली सामान्य रहेको स्मरण गर्दे उहाँले प्रधानमन्त्रीको शैली लाई “सत्ताउन्माद ” को संज्ञा दिएका छन्।
सरकार कम्युनिष्टको सिद्धान्त र आचरण नै विर्सेर सत्ता उन्मादमा फस्दै गएको टिप्पणी गरेका छन्। हिजोको बैभव राजा महाराजाको नक्कलले कम्युनिष्ट पार्टीलाई गाँजेको भन्दै रिजालले शुसासन र विकासका झुटा बाचाबाट जनताहरु आक्रान्त बनेको दाबी गरे।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस