काठमाडौं-चीनपछि कोरोना संक्रमण बढी भएको मुलुकमा कोरिया परेको छ। ठूलो संख्यामा रहेका नेपालीलाई समेत सजग रहन कोरियास्थित नेपाली दूतावासले आग्रह गरिरहेको छ।
दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि नेपालबाट कामदार पठाउने वा नपठाउने भन्ने विषयमा सरकार अलमलमा परेको छ। तत्काल कामदार पठाउने वा नपठाउने भन्नेबारे अवस्था हेरेर निर्णय लिइने श्रम मन्त्रालयका सहसचिव सुमन घिमिरेले बताए।
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत गतसाता केही कामदार कोरिया गएका थिए। थप कामदार पठाउनेबारे कोरियाको सोलस्थित नेपाली दूतावास र मानव संसाधन विभागबीच समन्वय भइरहेको छ।
नियमित प्रक्रियाअनुसार सहज वातावरण भएको भए यही साता झन्डै दुई सय कामदार कोरिया जान्थे। दुवै देशले अवस्थालाई निकै गम्भीरतापूर्वक हेरिरहेको खनालको भनाइ छ।
स्वास्थ्य मन्त्रालयसहितको टोलीले सोमबार कोरियामा तत्काल कामदार पठाउने वा नपठाउने सम्बन्धमा छलफल गरेको थियो। सो छलफल निस्कर्षमा पुगिनसकेको शाखाले जनाएको छ। कोरियामा कोरोना संक्रमण बढ्दै गएपछि कोरियाली सरकारको निर्णयअनुसार रोजगार अनुमति प्रणाली (इपिएस) ग्वार्को शाखाले पनि यो साताभरिको उडान १८ फागुनलाई सारेको थियो। यहि १८ गते कामदार उडान रद्ध गर्ने वा पठाउने भन्ने निर्णय भइसकेको छैन, हामी छलफलका क्रममा छौं,’ शाखाका निर्देशक कृष्णप्रसाद खनालले बताएका छन्।
सामान्य अवस्था भएमा कामदार पठाइने र कोरोनाको संक्रमणको अवस्था जटिल बन्दै गए कामदार पठाउन रोक्नुपर्ने अवस्था आउने शाखाका निर्देशक खनालले बताए।
कोरोना भाइरसका कारण दक्षिण कोरियामा ८ जनाले ज्यान गुमाइसकेका छन् भने ८ सयभन्दा बढी संक्रमित भएको विभिन्न कोरियाली सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। सोमबारमात्रै २३१ जनामा सो भाइरसको संक्रमण देखिएको छ।
नेपाली युवाहरुको आकर्षक रोजगारीको आकर्षक गन्तव्य मुलुक बन्दै गएको कोरियामा सन् २००८ देखि हालसम्म इपिएसमार्फत् मात्रै ६५ हजारभन्दा बढी युवाहरु पुगेका छन्। कोरियामा विभिन्न व्यवसाय तथा अध्ययनका लागि पुगेका नेपालीको संख्या पनि उल्लेख्य छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस