काठमाडौं – नेपाली कांग्रेसका नेता तथा कार्यकतालाई पार्टीको १४औं महाधिवेशनले छोपेको छ।
पुस १३ गतेको केन्द्रीय समिति बैठकले १४औं महाधिवेशन २०७७ फागुन ७ देखि १० गतेसम्म गर्नेगरी कार्यतालिका सार्वजनिक गरेपछि केन्द्रदेखि गाउँसम्मका नेताकार्यकर्ताको ध्यान त्यसतर्फ केन्द्रित भएको हो।
प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयपछिको दुई वर्षमा पनि संगठन सुदृढीकरणभन्दा आन्तरिक राजनीतिमै कांग्रेसका नेताहरूको ध्यान केन्द्रित बन्न पुगेको छ।
त्यसमा पनि महाधिवेशनको मितिसँगै तल्लो तहका अधिवेशनको कार्यतालिका सार्वजनिक भएपछि सबै तहका नेताहरूको ध्यान नेतृत्वमा पुग्न केन्द्रित भएको छ। गुट–उपगुटमा विभक्त कांग्रेसमा केन्द्रदेखि गाउँसम्म ध्रुवीकरण सुरु भएको छ।
नीतिभन्दा नेता केन्द्रित कांग्रेसको १४औं महाधिवेशनबाट पार्टीको नेतृत्वमा आमूल परिवर्तन गर्नुपर्ने आवाज तीव्र बन्दै गएको छ भने दोस्रो पुस्ताले पनि नेतृत्वका लागि आफूलाई फरक ढंगले प्रस्तुत गर्न नसकेको गुनासो पनि उत्तिकै छ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर गठन भएको नेपाल कम्युनिस्ट पार्टी नेकपा सँगको प्रतिस्पर्धा दाइ पुस्ता शेरबहादुर देउवा र रामचन्द्र पौडेल बाट सम्भव नभएको भन्दै मीनेन्द्र रिजाल, गगनकुमार थापासहितले अघिल्लो पुस्ताले सम्मानजनक तर स्वेच्छिक अवकाश लिनुपर्ने बताउँदै आएका छन्।
१३औं महाधिवेशनमा नेतृत्वका लागि आमनेसामने भएका देउवा र पौडेलले आगामी महाधिवेशनबाट विश्राम लेलान् त ? कांग्रेसका धेरै नेताहरूको बुझाइ त्यस्तो छैन।
बरु अस्वाभाविक परिस्थितिबाहेक आगामी महाधिवेशनमा पनि नेतृत्वका लागि उनीहरू दुईबीच नै मुख्य प्रतिस्पर्धा हुन सक्ने विश्लेषण छ।
आगामी महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धामा नउत्रन निकटहरूले सुझाए पनि नेतृत्वमा टिकिराख्न र नेतृत्वमा पुग्न देउवा र पौडेल दुवैले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आफ्नो सक्रियता बढाएको नेताहरू बताउँछन्। नागरिक दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस