काठमाडौं – प्रधानमन्त्री र विभागीय मन्त्रीसँग जवाफ लिन सांसदले दर्ता गरेका प्रश्न करिब सय पुगे पनि प्रश्नोत्तरको कार्यक्रम भने संसद्को चालू अधिवेशनमा प्रभावकारी हुन सकेको छैन ।
चालू अधिवेशन प्रारम्भ भएको दुई महिना पूरा भए पनि एक मन्त्रीसँग मात्रै प्रश्नोत्तर भएको छ । अधिवेशन प्रारम्भ भएपछि एक महिनासम्म सदन कार्यसूचीमा प्रवेश नगर्दा प्रश्नोत्तरले प्राथमिकता नपाएको हो । सांसदका ९६ वटा प्रश्न अझै प्राथमिकता सूचीमा छन् ।
यसबीच ऊर्जा मन्त्रालयसँग सम्बन्धित तीन प्रश्नको मात्र जवाफ विभागीय मन्त्रीले दिनुभएको छ ।
प्रतिनिधि सभाको प्रश्न व्यवस्थापन शाखाका अनुसार पाँचौँ अधिवेशनका लागि अहिलेसम्म ९९ प्रश्न दर्ता भएका छन् । जसमध्ये आठ प्रश्न अस्वीकृत भएका छन् । बाँकी ९६ प्रश्नमध्ये तीनवटामा विभागीय मन्त्रीले जवाफ दिनुभएको छ । प्रधानमन्त्रीसँगको प्रश्नोत्तर सङ्घीय संसद्मा एकपटक मात्र भएको छ ।
प्रश्नोत्तर प्रभावकारी नहुँदा अधिवेशन अन्त्यसँगै लिखित रूपमै जवाफ टेबल गर्ने क्रम बढेको छ । कुनै पनि अधिवेशनमा सबै प्रश्नको प्रत्यक्ष प्रश्नोत्तर भएको छैन । प्रतिनिधि सभा नियमावलीले प्रत्येक बैठकको पहिलो एक घण्टा प्रश्नोत्तर गर्न सकिने व्यवस्था गरेको छ ।
प्रतिनिधि सभा सचिव गोपालनाथ योगीले अधिवेशन प्रारम्भपछि सदन कार्यसूचीमा प्रवेश गर्न ढिलाइ हुँदा प्रश्नोत्तरको प्रक्रिया चुस्त हुन नसकेको बताउनुभयो । योगीले भन्नुभयो, “सभामुख चयन लगायतका विषयमा ढिलाइ भयो । यसले समग्र कार्यसूचीमा प्रभाव पा¥यो । अब प्रश्नोत्तर प्राथमिकतामा पर्छन् ।”
सचिवालयका अनुसार दर्ता प्रश्नमध्ये प्रधानमन्त्री कार्यालयसँग सम्बन्धित १६ वटा छन् । जसमध्ये नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालका मात्र ११ प्रश्न छन् । यस्तै नेपाली काँग्रेसका सांसद डिला सङ्ग्रौलाका दुई, बालकृष्ण खाँण र विन्दा पाण्डेका प्रश्न प्रधानमन्त्री कार्यालयसँग सम्बन्धित छन् । प्रश्नहरू पाँचौँ अधिवेशनमा जवाफ दिने गरी दर्ता भएका हुन् ।
रक्षामन्त्रीका लागि एक मात्र प्रश्न दर्ता भएको छ । काँग्रेस सांसद सङ्ग्रौलाले नै उक्त प्रश्न दर्ता गर्नुभएको हो । कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीका लागि दुई प्रश्न विचाराधीन छन् । सांसदद्वय सङ्ग्रौला र सुवालका तर्फबाट एक÷एक प्रश्न विचाराधीन छन् ।
प्रतिनिधि सभा सचिवालयको प्रश्न शाखाका अनुसार गृहमन्त्रीका लागि आठ प्रश्न दर्ता भएका छन् । जसमा सांसद सुवालका चारवटा प्रश्न छन् । यस्तै सांसद पाण्डे र सङ्ग्रौलाका एक÷एक प्रश्न छन् । परराष्ट्रमन्त्रीका लागि सांसद सुवालका तीन र सङ्ग्रौलाको एउटा प्रश्न विचाराधीन छन् । सीमा विवादसँग सम्बन्धित प्रश्नहरू छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीका लागि दुई प्रश्न विचाराधीन छन् । सांसदद्वय सङ्ग्रौला र सुवालले नै प्रश्न दर्ता गर्नुभएको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीका लागि पाँच प्रश्न दर्ता गरिएको छ । जसमा सांसद सुवालका दुई, सङ्ग्रौलाका दुई र पाण्डेको एक प्रश्न दर्ता छन् । ऊर्जा मन्त्रालयका लागि दर्ता तीनवटा प्रश्न संसद्मा प्रस्तुत भइसकेका छन् ।
कृषि तथा पशुपन्छीमन्त्रीका लागि चार प्रश्न दर्ता भएका छन् । त्यसमा सांसदद्वय सङ्ग्रौला र सुवालका दुई÷दुई प्रश्न दर्ता भएका छन् । स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित चार प्रश्न विचाराधीन छन् । जसमा सांसद सङ्ग्रौलाका तीन र खगराज अधिकारीको एक प्रश्न दर्ता भएको छ ।
उद्योग मन्त्रालयका लागि चार प्रश्न दर्ता भएका छन् । जसमा दुई प्रश्न सुवाल र दुई सङ्ग्रौलाका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित पाँच प्रश्न विचाराधीन छन् । पर्यटन मन्त्रालयसँग सम्बन्धित प्रश्न काँग्रेसका सांसद खाँण, सङ्ग्रौला र नेमकिपाका सुवालका दर्ता छन् । जसमध्ये खाँणका तीन प्रश्न छन् ।
वन मन्त्रालयसँग सम्बन्धित दुई प्रश्न सांसद सङ्ग्रौलाका छन् । श्रम रोजगार मन्त्रालयका लागि नौवटा प्रश्न विचाराधीन छन् । जसमा छवटा प्रश्न सांसद सङ्ग्रौलाका छन् । तीन प्रश्न सांसद सुवालका छन् । सुवालको एक प्रश्न लिखित जवाफका लागि दर्ता भएको छ । गोरखापत्र दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस