काठमाडौं – कम्तीमा सय वर्षसम्म फोहोर व्यवस्थापन हुनेगरी १३ वर्षदेखि चर्चा र विवादमा रहेको नुवाकोट र धादिङको सिमानामा निर्माणाधीन बन्चरे डाँडा स्यानेटरी ल्यान्डफिल्डको ढिलासुस्ती अझै हटेको छैन ।
सम्झौताअनुसार गत कात्तिकमा पहिलो चरणको काम सम्पन्न हुनुपर्नेमा अहिले पनि अधुरै रहेको छ । कात्तिकमा पहिलो चरणको काम सम्पन्न नभएपछि सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर आफैं फिल्डमा पुगेर फागुनभित्र फोहोर फाल्न मिल्ने बनाउन सबै पक्षलाई निर्देशन दिएका थिए । फागुनमा पनि त्यहाँ फोहोर फाल्न नमिल्ने भएको छ ।
सहरी विकास मन्त्रालयका प्रवक्ता तथा सहसचिव कृष्णप्रसाद दवाडीले स्थानीयको अवरोध, ठेकेदारलगायत विभिन्न प्राविधिक कारण निर्माणमा केही ढिला भएको बताए । तर, ल्याल्डफिल्ड निर्माणमा सरकारी उदासीनता पनि उस्तै देखिएको छ । सरकारले स्थानीयले उठाएका जायज माग सम्बोधन नगर्दा र नियमित अनुगमन नगर्दा निर्माण कार्य गतिहीन बन्न पुगेको हो ।
स्थानीयले सडक बाटो, मुआब्जा तथा गुणस्तरीय ल्यान्डफिल्ड निर्माण गर्न माग गर्दै पटकपटक अवरोध गर्दै आएका छन् । सरकारले स्थानीयको मागलाई उचित तरिकाले हल गरेर निर्माण कार्यलाई गति दिने काममा सरकारी पक्षको सक्रियता कमजोर बन्दै आएको छ ।
परियोजना पछिल्लो समय भने सहरी विकास मन्त्रालय मातहत ल्याएर सरकारले काम अघि बढाएको छ । पछिल्लो समय सहरी विकास राज्यमन्त्री मानन्धरले सक्रियता देखाउँदै उपत्यकाका नगरपालिकाका मेयर, धादिङ र नुवाकोट जिल्लाको प्रभावित क्षेत्रका सांसद र गाउँपालिका÷वडाध्यक्षसँग निर्माणाधीन स्थलमा छलफल गरेका थिए ।
त्यसक्रममा स्थानीयले फोहोर फाल्न सुरु भएपछि दुर्गन्ध आउन नहुने, लिकेजको उचित व्यवस्थापन गर्नुपर्ने, सडक पूर्वाधार र स्वास्थ्य चौकीको निर्माण गरिनुपर्नेलगायतका माग राखेका छन् ।
राज्यमन्त्री मानन्धरले उचित माग सम्बोधन गर्न सरकारको तर्फबाट प्रतिबद्धता जनाएपछि अहिले त्यहाँ बिनाअवरोध काम भइरहेको छ ।
सहरी विकास मन्त्रालयले पहिलो चरणको निर्माण सम्पन्न गरी यही फागुनसम्म त्यहाँ फोहोर फाल्ने योजना बनाएको थियो । सहरी विकास मन्त्रालय प्रवक्ता तथा सहसचिव दवाडीले चैत, वैशाखसम्म पहिलो चरणको काम सम्पन्न भएर फोहोर फाल्न मिल्ने बताए ।
सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सफल बनाउने कार्यअन्तर्गत सफा सुन्दर सहर बनाउनका लागि फोहोर व्यवस्थापन गर्न पनि सरकारले ल्यान्डफिल्ड निर्माणमा सक्रियता देखाएको थियो । तर, निर्माण कार्य भने योजनाअनुसार बढ्न सकेको छैन । राजधानी दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस