काठमाण्डौ-सेक्युरिटी प्रेस स्थापना गर्न स्विस कम्पनीसँग कमिसन मागेको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निगरानीमा रहेका छन् ।
७० करोडको कमिसन डिल गरेको अडिओ सार्वजनिक भएपछि संचार मन्त्रीबाट राजीनामा दिएका बाँस्कोटालेलाई भ्रष्टाचारको कसुरका लागि उद्योग गरेको ठहर भए आठ वर्षसम्म कैद र २५ करोड ४५ लाख रूपैयाँसम्म जरिवाना हुनसक्ने भएको छ ।
भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २१ अनुसार भ्रष्टाचारको सजाय हुने कसुर गर्ने उद्योग गर्नेलाई आधा सजाय हुने व्यवस्थाअन्तर्गत उनलाई सो सजाय हुनेछ ।
अडियोमा प्राप्त ७४ करोडको ७० प्रतिशत अर्थात् ५१ करोड ९० लाख उनले कमिसन पाउने भएपछि त्यसको आधा अर्थात् २५ लाख ४५ हजार रुपैयाँ जरिवाना हुनसक्छ ।
भ्रष्टाचार निवारण ऐनको परिच्छेद २ को दफा ३ अनुसार एक करोड रुपैयाँभन्दा बढी भ्रष्टाचारको कसुर ठहर भए बिगोबमोजिम जरिवाना र ८ देखि १० वर्षसम्म सजाय हुने व्यवस्था छ । ऐनको दफा २१ अनुसारको व्यवस्था बाँस्कोटाको हकमा आकर्षित हुनेछ । त्यो भनेको कुल सजायको आधा हो ।
तर, ऐनको दफा २४ मा भएको थप सजायसम्बन्धी व्यवस्थाका कारण बाँस्कोटाले भ्रष्टाचारको कसुरका लागि उद्योग गरेको ठहर भए थप तीन वर्ष कैद सजाय हुने व्यवस्था छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस