काठमाडौं – सामाजिक सञ्जाल सगुनले मिनि आइपिओ मार्फत २ अर्व लगानी जुटाउने तयारी गरेको छ। दुई बर्ष अघि स्टार्ट अप कम्पनीको रुपमा अमेरिकाको वासिङ्टन डीसीमा स्थापना भएको सगुन इन्कले, सोसल ई-कमर्स सञ्जालको विस्तारका लागि मिनि आइपिओ मार्फत बीस मिलियन अमेरिकी डलर अर्थात दुई अर्व नेपाली रुपैयाँ लगानी जुटाउने तयारी गरेको हो।
यसका लागि सगुनले ८ लाख ६९ हजार ५६४ कित्ता साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ। सगुनले मिनि-आईपिओमा प्रति सेयर मुल्य २३ डलर तोकेको छ। यसका लागि लगानी खुल्ला भएका बिश्वभरका देशहरुबाट सेयर खरिद गर्न सकिनेछ। यो मिनि-आईपिओ बैङकरोल भेन्चर मार्फत गरिदैँ आएको छ। बैङकरोल भेन्चर अमेरिकी वित्तीय उद्योग नियमन प्राधिकरण(FINRA) बाट प्रमाणित संस्था हो।
अमेरिकामा मिनि आइपिओको सबै तयारी गरेर संस्थापक गोविन्द गिरी अहिले भारत तथा नेपालको भ्रमणमा छन्। अमेरिकाको सेक्युरिटी एक्सचेन्ज कमिसनमा मिनि- आईपिओ स्विकृतिका लागि आवश्यक सबै कागजपत्रहरु सगुनका तर्फबाट पेश भइसकेको गिरीले जानकारी दिए। अमेरिकी सेक्युरिटी एक्सचेन्जबाट पूर्ण रुपमा स्वीकृति प्राप्त गर्न भने बढीमा ७० दिन लाग्ने छ। अमेरिकी सेक्युरिटी एक्सचेन्जको नयाँ नियम अनुसार सानो कम्पनिहरुले बढीमा ५० मिलियन डलर विभिन्न किसिमका लगानिकर्ताहरुबाट १२ महिनाको अवधि भित्र शेयर जारी गरेर उठाउन सक्ने प्रावधान रहेको छ। अमेरिकी जब्स एक्ट २०१२को यो प्रावधान अनुसार मिनि आइपिओमा जाने सूचना प्रबिधि क्षेत्रको कम्पनी सगुन सम्भवत पहिलो हुनेछ।
मिनि- आईपिओबाट उठेको रकम सगुनका विभिन्न चालू तथा आगामी परियोजनाहरुमा लगानी गरिनेछ। अमेरिका, भारत र नेपालमा सगुनको आवश्यक जनशक्ति उत्पादन, सगुनको प्रयोगशाला स्थापना, प्रविधी विकास तथा सुदृढीकरण, अनुसन्धान, बजारीकरण, ब्रान्डिङ र अन्य कामको लागि सो रकम खर्च हुनेछ। लगानी गर्न चाहने प्रत्येक ब्यक्तिले कम्तिमा ३ सय डलर लगानी गर्न सक्नेछन् । नेपालबाट सगुनको साधारण शेयरमा आवेदन दिन नमिल्ने बताइएको छ । अमेरिकाको लगानी सम्बन्धि व्यवस्थाको मापदण्ड पुरा गरेका नेपाली तथा अन्य लगानीकर्ताले आईपीओ निष्काशन भए पछि उक्त शेयरमा लगानी गर्न सक्ने छन् ।
मिनि-आईपिओबाट उठेको रकम सगुनको विस्तारको लागि अर्को वर्षको अन्तिमसम्म खर्च गरिने संस्थापक गोविन्द्र गिरीले बताए। अमेरिका, भारत र नेपाल हुँदै दोस्रो चरणमा सगुन चिनियाँ बजारमा जाने योजनामा रहेको पनि गिरीले जानकारी गराए।
सगुनमा रजिस्टर प्रयोगकर्ताका लागी “माई डे” (दैनिक काम मिलाउने), “मुड टक” (मुड अनुसार कुराकानी गरिने) र “ओपन सेक्रेट” (आफ्नो गोप्य कुराहरु सेयर गर्ने) लगायतका एप्लिकेसन रहेका छन्। मुड टकबाट प्राइभेट वा ग्रुप च्याटमा प्रयोगकर्ताहरुले आफ्नो मुड अनुसार इमोजी र स्टिकर बनाउन सक्नेछन्। सगुनको च्याटमा कुराकानी गरेको २४ घन्टा पछि म्यासेजहरु आफै हराएर जानेछ। सगुनमा प्रयोगकर्ताले आफ्नो इच्छा अनुसार आफ्नो सेक्रेट सबैलाई वा चाहेको व्यक्तिलाई मात्रै सेयर गर्न सक्नेछ। सगुनमा हट सेक्रेटको बिशेषताहरु रहेका छन्। जसबाट लाईक, डिस्लाईक, सेयर वा कमेन्ट गर्न सकिनेछ। साथै सेयर गरेको सेक्रेट ट्रयाक गरेर कतिवटा देश र सहरका प्रयोगकर्ताले हेरे भनेर जान्न सकिनेछ।
सगुनले अहिलेसम्म ५ लाख डलर आफ्नो साथिभाई र आफन्त सँग लगानीका रुपमा उठाएको छ। सगुनमा मासिक १३ हजारका दरले नयाँ प्रयोगकर्ताहरु आबद्ध भईरहेका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस