काठमाडौ-सुचना तथा सन्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा सरकारी पैसामा नै जर्मनी र फ्रान्सको सेक्युरिटी प्रिन्टिङ कम्पनीसँग ठेक्का सम्झौताका लागि जर्मनी र फ्रान्सको भ्रमण गरेको पाइएको छ।
आज बसेको संसदको लेखासमिति बैठकमा उठेको प्रश्नको जवाफमा सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक (सिइओ) विकल्प पौडेलले सन्चारमन्त्री सहितको टोली पटक पटक जर्मनी र फान्समा सेक्युरीटी प्रिन्टिङ कम्पनीको भ्रमणमा गएको र सो भ्रमणका लागि नेपाल सरकारको नै खर्च भएको दावी गरे। उनले भने, ’पटक पटक फ्रान्स र जर्मनीमा मन्त्रीज्यु सहितको टोली कम्पनीको साइट भिजिटमा गएको छ, त्यसको सम्पुर्ण खर्च सरकारले नै व्यहोरेको छ ,त्यहाँको सरकारको निमन्त्रणा मात्र आएको हो र दुतावासले त्यस भ्रमणको संयोजन मात्र गरेको हो। तर मरो हकमा भने सम्पुर्ण खर्च फ्रान्स सरकारले नै व्योहोरेको हो। उनले स्वीस कम्पनीसँग राम्रो सेक्युरीटि सिष्टम नभएको जिकिर गरे। तर सभासद्हरुले फ्रान्स सरकारले नभएर फ्रान्सको कम्पनीले आफ्नो लागतमा पौडेललाई घुमाउन लगेको बताए। सांसद सुर्य पाठकले यसरी कुनैपनि अमुक कम्पनीको खर्चमा सरकारको उपल्लो निकायमा बस्ने कर्मचारी घुम्न जान नहुने बताए।
पौडेलले जर्मनीका सेक्युरीटी प्रेसका मानिसहरु नेपाल आएर सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापना गर्ने ठाउँ बनेपामा गई त्यसको क्षमता समेत अध्ययन गरीसकेको जानकारी दिए। उनले यही कम्पनीलाई दिने भनेर अहिलेसम्म कुनैपनि कम्पनी छनौट नगरेको भने स्पष्ट पारे। पौडेलले अस्पष्ट ढंगले लेखासमितिको सभापतिको उत्तर दिएको भन्दै नेपाली कांग्रेसका छाया अर्थमन्त्री डा.मिनेन्द्र रिजालले झोकिदै भने, ‘हामीलाई अस्पष्ट उत्तर चाहिएको छैन तपाई सिइओ हो, हामीलाई हाम्रो जवाफ दिनु तपाईको कर्तव्य हो यदी तपाईले हामीलाई सही जवाफ दिनुभएन भने जेल पुर्याउन सक्छौ। डा.रिजालले सन्चारमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटि प्रेस खरिद गर्नका लागि गरेको रकम बार्गेनिङको टेप बाहिर आएको छ यो गम्भीर विषय भएकोले विषेश ध्यान दिनुपर्ने बताए।
सांसदमा विरोध खतिवडाले जर्मन र फ्रान्स सेक्युरिटि प्रिन्टिङ कम्पनीलाई नै किन छानिएको र कतिपटक जर्मन गएको सो रकम कसले तिरेको भनी प्रश्न गरेका थिए। सुरुमा समिति सभापति भरत शाहले समिति बस्नुको कारण र समितिले चाहेको उत्तरको फेहरिस्त बताएका थिए। त्यसपछि समितिको केही उत्तर सचिव सुवेदीले दिएपछि उनले सेक्युरिटि प्रिन्टिङको विषयमा राम्रो ज्ञान भएको भन्दै विकल्प पौडेललाई माइक दिएका थिए।
त्यस्तै पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले आफूपनि मन्त्री भएर काम गरिसकेको र यस्ता दुई पन्ने जवाफले नहुने भन्दै कड्किए। सिइओ पौडेलले स्वीक कम्पनीले नेपालमा आएर कुनैपनि अध्ययन नगरेको र आफ्ना प्रस्तावहरुलाई वेवास्ता गरेको स्पष्ट पारे। सिइओ पौडेलले फ्रान्स र जर्मनीका दुईवटा कम्पनीमा सरकारको लगानी भएको दावी गरिरहदा सांसद धर्मशिला चापागाईले कड्किदै भनिन् जर्मनीको कम्पनीमा सरकारको ४० प्रतिशत छ भने फ्रान्सको कम्पनीमा जम्मा ६० प्रतिशत मात्र सरकारको छ यस्ता कुरा हामीलाई झुक्याउन नखोज्नस्। उनले सिइओ पौडेललार्ई इंकित गर्दै भनिन् २०६७ तिर तपाई नै होइन सुजाता कोइराला परराष्ट्रमन्त्री हुदा प्राविधिक विज्ञ बनेर आएको इ पासपोर्टको केशमा? उनले थर्काउदै भनिन् अर्बौको घाेटाला भएको अनुमान छ त्यसैले एउटा समिति बनाएर अनुसन्धान गरौ।
बैठक चलिरहेको बेलामा सांसद सुर्य पाठकले सन्चारमन्त्रीसँग दलाली गर्ने विजय मिश्रले विहिबार नै लेखा समितिबाट जर्मनी कम्पनीलाई सेक्युरिटी प्रेसको जिम्मा दिने निर्णय गर्न लागेको कुरा बाहिर आएकोप्रति सभापति शाहको ध्यानाकर्षण गराएका थिए।
उनले भने, मिश्रले आजै समितिले निर्णय गर्दैछ भन्यो, तपाईले नै विज्ञको रुपमा बोलाउनु भएको मिश्रले हामीले पनि जर्मनी कम्पनीबाट आएको कमिसन लिएर काम गरिरहेको आरोप लगाएको छ यो सरासर चरित्रहत्या हो। यसको बारेमा के गर्ने भन्नेपनि सोचौ। सांसद पाठकले सामाजिक सन्जालमा लेखासमितिका १४ जना सदस्यसहितको फोटो राखेर पैसा खाएको आरोप लगाइएको छ उसलाई साइबर क्राइम अन्तर्गत कारबाही गर्न आग्रह गरे। तर पुर्वमन्त्री मोहम्मद इस्तिहाक राइले भने आरोपलाई वेवास्ता गर्न भने नहुने भन्दै सभासदलाई नै छानविन गर्न माग गरे।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस