काठमाडौं – राष्ट्रिय योजना आयोगले चालु आवमा लक्ष्यअनुसार आर्थिक वृद्धिदर हासिल नहुने जनाएको छ। अर्थ मन्त्रालयले बजेटको मध्यावधि समीक्षामा आर्थिक वृद्धिदर ८.५ प्रतिशत हाराहारीमा हुने अनुमान गरेको थियो।
संसद्को अर्थ समितिको बुधबारको बैठकमा आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले चालु आवमा आर्थिक वृद्धिदर उत्साहजनक नहुने बताए। आयोग केन्द्रीय तथ्यांक विभागको तालुक निकाय हो। उनले भने, ‘चालु वर्षमा ४।५ देखि ५ प्रतिशत हुन सक्छ।’
उपाध्यक्ष कँडेलले सरकारको खर्च र राजस्वको अवस्थामा गत वर्षको तुलनामा खासै सुधार नभएको, निजी लगानी उल्लेख्य नबढेको, व्यापारको आकार घटेको अवस्थामा लक्षित वृद्धिदर हासिल नहुने बताएका हुन्।
केन्द्रीय तथ्यांक विभागले पहिलो त्रैमासिक तथ्यांकका आधारमा चालु वर्षमा आर्थिक वृद्धिदर ४।५ प्रतिशत हुने प्रक्षेपण गरेको थियो। यद्यपि उक्त प्रक्षेपण सार्वजनिक गरिएन। ‘कमजोर पुँजीगत खर्च र राष्ट्रिय गौरवका आयोजना सम्पन्न नहुँदा बजेटमा लक्षित आर्थिक वृद्धिदर हासिल गर्न नसकिने भएको हो,’ उपाध्यक्ष कँडेलले भने, ‘पुँजीगत खर्चकै कारण समस्या हुने भयो।’ उनले जुन उद्देश्यले अर्थतन्त्रमा नीतिगत परिवर्तन गरिएको थियो, त्यसअनुसार कार्यान्वयनमा जान र निजी क्षेत्रको आत्मविश्वास जित्न नसकिएको बताए।
अर्थमन्त्री डा। खतिवडाले मध्यावधि समीक्षामा बजेटको आकार घटाउँदा पनि आर्थिक वृद्धिदर लक्ष्य आसपास हुने दोहोर्याउँदै आएका छन्। उनले बजेट वक्तव्यमा पनि ८.५ प्रतिशत हाराहारीमा आर्थिक वृद्धिदर हुने अनुमान गरेका थिए।केन्द्रीय तथ्यांक विभागले चालु आवको दोस्रो त्रैमासिक तथ्यांकका आधारमा आगामी महिना चालु आवको आर्थिक वृद्धिदर प्रक्षेपण गर्नेछ।
दोस्रो त्रैमासिक प्रक्षेपण भने सार्वजनिक गर्ने चलन छ। निराशाजनक अवस्था देखिएपछि पहिलो त्रैमासिक आर्थिक वृद्धिदरको प्रक्षेपण सार्वजनिक नगरिए पनि विभागले राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालयलगायतलाई यसबारे जानकारी गराइसकेको छ।
सत्तारूढ नेकपाका सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले केन्द्रीय तथ्यांक विभागले पहिलो त्रैमासिक आर्थिक वृद्धिको प्रक्षेपण गरे पनि तथ्यांक लुकाएको भन्दै उपाध्यक्ष कँडेलसँग जानकारी मागेका थिए। सोही क्रममा कँडेलले पहिलो त्रैमासिक प्रक्षेपणकै आधारमा उच्च आर्थिक वृद्धिदर नहुने देखिएको बताएका हुन्। अन्नपूर्णपोष्ट दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस