काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कार्यालयले फागुन १ गते जनआन्दोलन तथा जनयुद्धका सहिदहरूलाई श्रद्धाञ्जली दिने कार्यक्रम तय गरेको थियो। कार्यक्रममा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले सम्बोधन गर्ने भनिए पनि प्रधानमन्त्रीसमेत रहेका ओली सहभागी भएनन्।
उनी प्रधानमन्त्री निवासमा विशेष काम परेको जनाउँदै सहभागी नभएका हुन्। कार्यक्रममा कार्यकारी अध्यक्ष दाहाल भने सहभागी भए।
पार्टीका वरिष्ठ नेता झलनाथ खनाल काठमाडाैँमा भए पनि सो कार्यक्रममा उपस्थित भएनन्। नेता माधवकुमार नेपालले मुलुकबाहिर भएका कारण उपस्थित हुन नपाएको बताएका छन्।
ईश्वर पोखरेललगायत पूर्वएमाले खेमाका नेताहरु काठमाडौं भएर पनि सो कार्यक्रममा सहभागी भएनन्। पूर्वएमाले खेमाबाट उपाध्यक्ष वामदेवगौतम, महासचिव विष्णु पौडेललगायत थोरै मात्र कार्यक्रममा उपस्थित भए। तत्कालीन नेकपा माओवादीले फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको थियो।
पार्टी एकतापछि फागुन १ मा जनआन्दोलन र जनयुद्धका सहिदप्रति श्रद्धाञ्जली सभा आयोजना गर्ने निर्णय भएको थियो। सोही अनुरुप यस वर्ष पनि गत वर्षझैं पार्टी केन्द्रीय कार्यालयमा जनआन्दोल र जनयुद्धका सहिदप्रति श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो।
‘पार्टीभित्र जनयुद्ध दिवसप्रति पूर्वएमाले खेमाका नेताहरुको सधैं असहमति रहँदै आएको छ। यसले प्राविधिक रुपमा पार्टी एकीकरण भए पनि भावनात्मक रुपमा हुन नसकेको देखिन्छ।’
‘पार्टी एकतापछि नेता र कार्यकर्ताको मर्मबमोजिम फागुन १ गतेलाई जनआन्दोलन र जनयुद्धका क्रममा साहदत प्राप्त गरेकाको सम्मानमा श्रद्धाञ्जली सभा गर्ने निर्णय भएको हो।
त्यो निर्णयलाई पार्टीले तल्लो तहसम्म सर्कुलर गरेको हो’, स्थायी कमिटीका एक सदस्यले भने। पूर्वएमाले खेमाका नेताले हिंसात्मक आन्दोलन अस्वीकार गरिरहेका बेला पार्टीले फागुन १ लाई कसरी सदुपयोग गर्न सकिन्छ भनेर मध्यमार्ग अपनाएको भए पनि रुकुमलगायत पूर्वमाओवादी प्रभावित क्षेत्रमा केन्द्रको निर्णय उल्लंघन भयो।
निर्णय उल्लंघनसँगै सत्तारुढ नेकपामा जनआन्दोलन कि जनयुद्ध भन्ने विवाद सुरु भएको छ। पार्टीको आगामी महाधिवेशनमा यही विषयले प्रमुखता पाउने आकलन भइरहेका बेला यो विषय अहिले सतहमा आएको छ।
पार्टी एकीकरणकै बेला जनयुद्ध मात्र स्वीकारेर जानुपर्छ भन्ने पूर्वमाआवादी खेमाको भनाइलाई पूर्वएमाले खेमाले अस्वीकार गरेको थियो।
यसै कारण करिब–करिब पार्टी एकीकरण नहुने अवस्थामा पुगेपछि दुवै पक्षका शीर्ष नेताहरू यसमा शान्तिपूर्ण जनआन्दोलन पनि समेट्न सहमत भएपछि पार्टी एकीकरण भएको थियो। नागरिक दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस