हेटौँडा– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले कुनै पक्षलाई राजनीतिबाट निषेध गर्दा प्रजातन्त्रमा सङ्कट आइपर्ने बताएका छन् ।
७० औँ प्रजातन्त्र दिवसको उपलक्ष्यमा राप्रपा मकवानपुरद्वारा आज हेटौँडामा आयोजित कार्यक्रममा उनले भने, “नेपालको संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सबल, सुदृढ, दिगो र सर्वमान्य बनाउनेतर्फ सरकार गम्भीर भएर लाग्नुपर्दछ ।”
अध्यक्ष थापाले प्रजातन्त्रको संवद्र्धन र जनतालाई विकासको पूर्वाधारप्रति सहभागी गराउन प्रमुख दलहरुले आफूलाई अब आत्मसमीक्षा गरेर अघि बढ्नु अपरिहार्यतामाथि जोड दिदैं सुशासनको प्रत्याभूति र भ्रष्टाचार न्यूनीकरणका लागि सरकारले देशभरि नै अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् ।
राप्रपाका केन्द्रीय सदस्य मधु अधिकारी र सहायक महामन्त्री राजाराम बर्तौलाले मुलुकको विकास र समृद्धिका लागि सरकारले अग्रसर हुनुपर्नेमा जोड दिएका छन् ।
राप्रपाका नेता सीताराम बर्तौला, रामहरी न्यौपाने र राप्रपा हेटौँडा नगरसमितिका अध्यक्ष गुरुप्रसाद सापकोटाले राप्रपालाई राष्ट्रको वैकल्पिक प्रजातान्त्रिक पार्टीका रुपमा अघि बढ्न नेता र कार्यकर्ताहरु जनताको घरदैलोमा पुगेर पार्टी सङ्गठनलाई दरिलो बनाउन लाग्नुपर्ने बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस