प्यूठान– नेपाल विद्युत् प्राधिकरण दम्ती सवस्टेशनको वितरण लाइन निर्माणको काम नहुँदा आयोजना अलपत्र परेको छ । सबस्टेशन वितरण लाइनको काम समयमा सम्पन्न हुन नसक्दा नेपाल विद्युत् प्राधिकरणको प्युठान जिल्लामा रु पाँच करोड लागतको आयोजना अलपत्र परेको छ । सबस्टेशनमा वितरण लाइनका लागि हुनुपर्ने काम समयमै नहुँदा आयोजना सञ्चालन हुन नसकेको नेपाल विद्युत् प्राधिकरण प्रदेश डिभिजन कार्यालय नेपालगञ्जका इञ्जिनीयर ज्ञानबहादुर फर्सालले बताएका छन् ।
आरके इन्टरनेशन नेपाल काठमाडौँले गत भदौमा काम सक्ने गरी ठेक्का लिएको थियो । “बारम्बार ताकेता गर्दा पनि ठेकेदार कम्पनीले समयमै काम गर्न सकेन” इञ्जिनीयर फर्सालले भने, “ठेकेदार कम्पनीले समयमै काम गरेको भए आयोजना सञ्चालनमा आइसक्थ्यो ।”
विद्युत् भार कटौती मुक्त जिल्लाको रुपमा रहेको प्यूठान जिल्लामा बारम्बार विद्युत् अनियमिताको समस्या देखिनुको मुख्य कारण सव स्टेशन नहुनु रहेको नेपाल विद्युत् प्राधिकरण प्यूठानका प्रमुख जयनन्द बोगटीले बताए । विद्युत् प्राथिकरणले आयोजना सम्पन्न गर्नका लागि विसं २०७७ वैशाख मसान्तसम्म म्याद थप गरेको छ । लाइन विस्तारका लागि गाडिएका पोलसमेत ढलेका छन् ठेकेदार कम्पनीले आयोजना समयमै सक्ने विषयमा चासो दिएको पाइँदैन
।
चौध करोडको काम हुने
यसै आर्थिक वर्षमा नेपाल विद्युत् प्राधिकरण प्यूठानले नेपाल सरकारको ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत रु १४ करोड लागतमा विद्युतीकरण गर्ने प्राधिकरण प्रमुख जयनन्द बोगटीले बताए । प्यूठान नगरपालिकाका केही ठाउँ र विद्युतीकरण नभएका जिल्लाका विभिन्न ठाउँहरुमा वितरण लाइन निर्माण, ट्रान्सफर्मर जडानका कामहरु गर्ने उनको भनाइ छ ।
यो बजेटले यसै आर्थिक वर्षमा काम गर्ने र जिल्लाका केही ठाउँहरुमा अर्को आर्थिक वर्षमा काम गरी जिल्लामा विद्युतीकरणको काम सक्ने योजना आफूहरुले बनाएको उनले बताएका छन् । आगामी आर्थिक वर्षमा गौमुखी गाउँपालिका–३ रजवाराको केही भाग, नौ बहिनी गाउँपालिका–१ स्याउलीवाङको सबै ठाउँ, नौ बहिनी–२ खवाङका केही ठाउँहरुमा काम हुनेछ । जिल्लामा अहिले २३ हजार घरधुरीले विद्युत् जडान गरी सुविधा लिइरहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस