काठमाण्डौ-धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झिनो अङ्कले मात्रै बढेको छ। सोमबार उच्च अङ्कले बढेको बजार आज केही सुस्ताएर झिनो अङ्कले मात्रै वृद्धि भएको हो। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा १.७७ ले वृद्धि भई १ हजार ४००.०१ मा पुगेको छ। लामो समयपछि नेप्सेले १ हजार ४०० माथि पुगेको हो।
यस्तै सेन्सेटिभ परिसूचक १.०९ ले वृद्धि भई २९४.९५ मा पुगेको छ। नेप्सेमा झिनो सुधार देखिए पनि कारोवार रकम भने रु. २ अर्ब माथि पुगेको छ। कूल १८१ कम्पनीका ५४ लाख ६८ हजार ४८३ कित्ता शेयर रु. २ अर्ब १२ करोड ५९ लाख ७७ हजार ३४ बराबरको कारोवार भयो।
नेप्सेमा अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज पाँच उपसमूहको मात्रै शेयर उकालो लाग्दा सात उपसमूहको शेयर भने ओरालो लागेको छ। बैंकिङ ७.५३, व्यापार २.९५, विकास बैंक १४.५५, उत्पादन ३०.७५ र सामूहिक लगानी कोष ०.२ विन्दुले बढेको छ। यस्तै होटल ३३.२६, जलविद्युत् १७.६२, वित्त ५.८५, निर्जीवन बीमा ११.१५, अन्य २.३५, लघुवित्त १३.१ र जीवन बीमा ४५.९३ ले घटेको छ।
कारोवारका आधारमा आज एनआइसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको रु. १० करोड ६५ लाख १५ हजार ६६२ बराबरको कारोवार भयो। यस्तै एनएमबी बैंक रु. ९ करोड ५९ लाख १६ हजार ७३, हिमालयन डिस्टिलरी रु. ९ करोड १४ लाख ९३ हजार ७६२, शिवम् सिमेन्ट रु. ७ करोड ५६ लाख ६९ हजार ४९१, नेपाल लाइफ इन्सुरेन्स कम्पनी रु. ६ करोड ९५ लाख ८६ हजार ६२८, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक रु. ६ करोड ६१ लाख ७१ हजार ५७३ बराबरको कारोवार गरी शीर्ष स्थानमा रहे।
कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक ९.८७, घलेम्दी हाइड्रो ९.५२, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक ७.१७, माउन्टेन हाइड्रो ४.३०, राष्ट्रिय बीमा कम्पनी ४.२४ र बोटलर्स नेपाल तराईका शेयरधनीले ४.१८ प्रतिशतले कमाए। लक्ष्मी लघुवित्त वित्तीय संस्था ५.६८, पाँचथर पावर कम्पनी ४.५१, सेन्ट्रल फाइनान्स ३.८४, गुह्येश्वरी मर्चेन्ट बैंक ३.६७ र नेपाल फाइनान्सका शेयरधनीले ३.६४ प्रतिशतले गुमाए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस