सोल-दक्षिण कोरियाली तथ्याङ्क विभागले हालै सार्वजनिक गरेको बिदेशी सम्बन्धि प्रतिवेदन अनुसार हाल कोरियामा बसोबास गर्ने आप्रवासीहरुको जनसंख्या २५ लाखभन्दा बढी रहेको छ । यो संख्या गत बर्षको तुलनामा करिव ७ प्रतिशतले बढी हो ।
न्याय मन्त्रालय अनुसार हाल दक्षिण कोरियामा २५ लाख २४ हजार ६ सय ५६ जना बिदेशी रहेका छन् । यो तथ्यांक सन् २०१९ को अन्त्यसम्मको हो ।
कोरियामा बिदेशीको संख्या प्रति महिना करिव ३.७ प्रतिशतका दरले बढीरहेको छ । सन् २००७ मा करिव १० लाख रहेको आप्रवासीहरुको संख्या सन् २०१६ सम्म आउदा करिव २० लाख पुगेको थियो ।
२५ लाख आप्रवासी जनसंख्या भनेको कोरियाको कुल जनसंख्याको करिव ४.९ प्रतिशत हो । हाल कोरियाको जनसंख्या करिव ५ करोड १६ लाख रहेको छ ।
तथ्यांकका अनुसार करिव १७ लाख आप्रवासीहरु दीर्घकालिन रुपमा कोरियामा बसोवास गर्दछन् । र बाँकी छोटो समयका लागि कोरियामा बस्दछन् ।
अध्ययनका अनुसार दक्षिण कोरियामा सबैभन्दा बढी चिनिया नागरिक बसोवास गर्दछन् जो कुल आप्रवासीहरुको करिव ४३ प्रतिशत छन् । त्यसपछि भियतनामी, थाई, अमेरिकन, जापानिज, उज्वेकिस्तान, फिलिपिनो, रसियन, ईण्डोनेसियाली तथा मङ्गोलियनहरु रहेका छन् ।
सरकारी अध्ययनका अनुसार कोरियामा करिव ९ प्रतिशत आप्रवासीहरु गैर कानुनी रुपमा बसोवास गरिरहेका छन् । त्यस्तै गरि गत डिसेम्बर अन्त्य सम्ममा करिव ६४ हजार ३ सय ५८ जनाले शरणार्थीको परिचय पाउन आवेदन दिएका छन् जस मध्ये कोरियाली सरकारले पहिचान गरि २ हजार २ सय १७ जनालाई शरणार्थी परिचय पत्र समेत उपलब्ध गराएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस