काठमाण्डौ-प्रविधिको उच्चतम प्रयोग गर्दा मानव जिवन धेरै सहज बन्न थालेको छ । प्रविधि विकासले फड्को मारे सँगै मानिसले आफुलाई विलासी बनाउन कुनै न कुनै नयाँ आविष्कार गरिरहेको हुन्छ । यो विषयमा चीन अन्य देशहरु भन्दा एकदमै अगाडी छ । हाल चीनले अत्यावश्यक क्षेत्रदेखि मालसामान ओसारपसार गराउन समेत विद्युतीय आर्टीफिसियल ईन्टेलिजेन्स भएका रोवर्टहरुको प्रयोग गर्न थालेको छ ।
चीनको एक प्रतिष्ठीत रिटेल कम्पनी सुनिङ डट कमले हाल डेलिभरी मेनलाई हटाएर डेलिभरी रोवर्टहरु प्रयोगमा ल्याउन थालेको छ । जियांशु प्रान्तको नान्जिङ शहरमा उक्त रोवर्टको प्रयोग हाल सफल हुदै गएको कम्पनिले बताएको छ ।
कोरोना भाईरसको संक्रमण पश्चात धेरै घरहरुमा डेलिभरी मेनहरुलाई प्रवेश निषेध गर्ने गरेको बर्तमान स्थितिमा यो रोवर्ट सहि सावित भईरहेको कम्पनिले बताएको छ ।
कम्पनिका अनुसार उक्त रोवर्ट १.२५ मिटर अग्लो छ जसले १ सय ४५ लिटरसम्मको वजन उठाउन सक्छ । यसले करिव १० घण्टा निरन्तर काम गर्छ, बाटामा आउने समस्यासँग जुधेर बाटो पत्ता लगाई गन्तब्यमा पुग्ने तथा सामान बुझाएर आफ्नो गन्तब्यमा फर्कने गर्दछ ।
यसका अलावा चार्ज कम भएको अवस्थामा चार्जिङ सेन्टर भन्दा करिव ५३ मिलिमिटरको दुरीमा आफुलाई उभ्याउन सक्दछ ।
यसमा भण्डारण गरिएका असिमित डाटाहरुको साथ यसले गर्ने गरेको आफ्नो प्रस्तुतिकरण अकल्पनिय रहेको कम्पनिका एक प्रतिनिधिले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस