पाल्पा-भ्रमण वर्ष-२०२० का अवसरमा रामपुरको पर्यटकीय स्थल तालपोखरामा यही फागुन ८ गते डुङ्गा दौड प्रतियोगिता आयोजना हुने भएको छ। एक सय पर्यटकीय गन्तव्यस्थलमा तालपोखरा समावेश रहेको छ। तालपोखरा संरक्षण विकास समितिद्वारा आयोजना हुने सो प्रतियोगिताका सहभागीले काठको मात्र डुङ्गा प्रयोग गर्नुपर्ने हुन्छ। एक डुङ्गामा दुई जनाले मात्र सहभागीता जनाउन पाउनेछन्।
भ्रमण वर्षलाई सफल बनाउन र रामपुरमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन तालपोखरामा डुङ्गा दौड प्रतियोगिता आयोजना गरिएको समितिका अध्यक्ष सागरप्रसाद देवकोटाले जानकारी दिए। ताल वरिपरी डुङ्गामा दौडनु पर्नेछ, जस्ले छोटो समयमा ताल पार गर्छ उसलाई विजेता गराइनेछ, धेरैभन्दा धेरै पर्यटक रामपुर भित्र्याउन यो कार्यक्रम आयोजना गरेका देवकोटाले बताए।
प्रतियोगितामा प्रथम हुनेले रु सात हजार, द्वितीय रु पाँच हजार, तृतीय पुरस्कार रु तीन हजार प्राप्त गर्नेछन्। समितिले गतवर्ष पनि डुङ्गा दौड प्रतियोगिता आयोजना गरेको थियो। सो प्रतियोगिताका लागि अहिले तालपोखरा वरपरको वातावरण सरसफाइ गर्ने कामहरु भइरहेको छ।
फागुन ९ गते शिवरात्री पर्वका अवसरमा डुङ्गा दौड र अन्य दिन रामपुर क्षेत्रका प्रचलित भजनकृत, पूजापाठ, सांस्कृतिक कार्यक्रम गरेर मनाइने तयारी रहेको समितिले जनाएको छ । रामपुर घुम्न आउने तालपोखरा पुग्ने गर्छन् । तालपोखरामा डुङ्गा नचढिकन फर्कने कमै हुन्छन् । यहाँ आएका पर्यटकको पहिलो रोजाइ र घुम्ने थलोनै अहिले तालपोखरा बनेको छ ।
फेवातालको स्वरुपमा रहेको तालपोखराले आकारमा सानो भए पनि छोटो समयमा नै पर्यटकको मन लोभ्याउन सफल भएको छ । विभिन्न सञ्चारमाध्यममा आएका समाचार सुनेर, हेरेर तालपोखरा आउने आन्तरिक पर्यटकको उपस्थिति दिनहुँ बढ्दै गएको छ।
यो वर्ष रामपुर नगरपालिकाले रु २० लाख र नेपाल पर्यटन बोर्डबाट स्तरोन्नति शीर्षकमा रु २० लाख सहयोगको रकमबाट तालपोखराको स्तरोन्नति गरिएको हो। करिब रु ४५ लाख बराबरको मर्मत कार्य सम्पन्न भएको छ भने अब बाँकी अझै रु एक करोड २५ लाखको काम रहेको समितिले जनाएको छ । अहिलेसम्म तालपोखराको पर्यटन विकासमा करिब रु तीन करोडको काम भइसकेको छ। तालपोखरा वरपर डुङ्गामा घुम्ने, तालको बीच भागमा रहेको जलेश्वर महादेवको मन्दिर दर्शन गरेर फर्कने गरेको पाइन्छ। कोही घण्टौँसम्म मन्दिर परिसरमा रहेको पार्कमा रमाएर फर्कने गर्छन्।
तालपोखरामा सेल्फी जोन निर्माण गरिएपछि फोटो खिचाउनेको पनि भीड लाग्ने गरेको छ। स्थानीय कुलो, नहर, खोल्सीबाट पानी पर्याप्त नभएपछि नजिकै बहेको कालीगण्डकीबाट लिफ्टिङ गरेर पानीको व्यवस्थापन गरिएको छ। डुङ्गा सञ्चालनबाट स्थानीयलाई रोजगारीको अवसर मिलेको छ।
दैनिक डुङ्गाबाट सरदरमा रु पाँच हजार आम्दानी हुने गरेको छ। सबै खर्च कटाएर डुङ्गाबाट मासिक रु एक लाख ३५ हजार आम्दानी भइरहेको छ। सामान्य वर्षाद्को पानी जम्मा हुने खाडलका रुपमा रहेको तालपोखरालाई यहाँका स्थानीयले पर्यटकीय क्षेत्रका रुपमा विकास गरेका हुन्। झण्डै ७० रोपनी क्षेत्रफलमा फैलिएको यो क्षेत्र पहिला पानी जम्मा हुने खाडलका रुपमा रहे पनि अहिले भने प्रशस्त आम्दानी गर्ने गतिलो माध्यम बनेको छ।
महायज्ञबाट केही आम्दानी सङ्कलन गरी विसं २०६६ बाट पर्यटन विकासका काम थालनी गरिएको संस्थापक अध्यक्ष देवराज देवकोटाले बताएका छन्। पूर्वदेखि पश्चिमसम्मका विभिन्न जिल्लाका आन्तरिक पर्यटक यहाँ अवलोकन गरेर फर्कने गरेका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस