काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा रह्को केपीशर्माओली डटकम डोमेन सन् २०१३ सेप्टेम्बर ३१ मा रजिस्टर भएको पाईएको छ ।
राजनकुमार न्यौपानेले छेनाटेक नेपाल प्रालिका नामबाट यो डोमेन दर्ता गरे। उनले २०१३ देखि २१ जुन २०१७ सम्म नवीकरण गरे। उनले चार वर्षसम्म ओलीको व्यक्तिगत वेबसाइटकै रूपमा चलाएको पनि खुल्न आएको छ ।
ओली २० फेब्रुअरी २०१८ अर्थात २०७४ फागुन ३ गते दोस्रो पटक प्रधानमन्त्री निर्वाचित भएपछि यो डोमेन नवीकरण भएको थिएन । प्रधानमन्त्रीको सचिवालयले नयाँ डोमेन केपीशर्माओली डटकम डटएनपी दर्ता गरी सञ्चालनमा ल्यापछि त्यही वेबसाइट अपडेट छ।
प्रधानमन्त्रीकै नाम दुरुपयोग भएर दर्ता भएको अर्को वेबसाइटको डोमेन १२ मार्च २०१८ पछि गलत ढंगले प्रयोग भएको पाइएको छ। ओलीका नामको डोमेनमा सन् २०१८ पछि विभिन्न पोर्न भिडियो अपलोड भएका छन्। शीर्ष नेताको व्यक्तिगत डोमेन दुरुपयोग भएको यो नै पहिलो घटना भने होइन। यसअघि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, युवा नेता गगन थापा, नेकपा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाललगायतका डोमेन दुरुपयोग भएका थिए। डोमेन दर्ता गरेर लामो समय अपडेट नगर्दा यस्तो समस्या देखिने गरेको छ।
उक्त साइटमा ‘पोर्न’ भिडियो कहाँबाट कसले अपलोड गर्यो भन्ने खुल्न सकेको छैन। केपीशर्माओली डटकम मा अश्लील सामग्री राखिएकोबारे सरकारले अनुसन्धान तीव्र बनाएको छ।
प्रधानमन्त्रीका आईटी सल्लाहकार अस्गर अली प्रधानमन्त्रीका नाममा डोमेन दर्ता गरेर कसैले दुरुपयोग गरेको स्वीकार गर्छन्।
उनका अनुसार यो वेबसाइट नेपालमा बन्द गर्ने तयारी छ। ‘इन्टरनेट कम्पनीसँग सहकार्य गरी नेपालभित्र बन्द गर्ने प्रक्रिया सुरु भइसकेको छ’, उनी भन्छन्। नेपालको निजी क्षेत्रको इन्टरनेटप्रदायक कम्पनी वल्र्ड लिंकले यो साइट बन्द गरेको छ। तर अन्य इन्टरनेटप्रदायक कम्पनीबाट अहिलेपनि खुलिरहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस