टोकियो- जापान जस्तो सम्पन्न देशमा ६ जना मध्ये १ जना कुपोषणको सिकार बन्दै आएका छन भन्दा पत्यार नलाग्न सक्छ ! हो तपाई सहि पढ्दै हुनुहुन्छ । तर भोकमरी र गरिविका कारण हैन । कारण अनौठो छ, त्यो हो आफ्नो शरिरको फिगर मेन्टेन गर्न अनेक प्रयोग गरेका कारणले हो ।
हाल जापानका अधिकांश युवा युवतीहरु आफ्नो शरिरको फिगर मेन्टेन गर्ने नाममा खानेकुरा समयमा नखाने गरेका कारण उनीहरु कुपोषणको शिकार बन्न पुगेका छन् ।
युवा युवतीहरु मासु जन्य पदार्थ, मिठाई तथा क्यालोरी मात्र हिसाव गरेर खान्छन् तर विज्ञहरुका अनुसार शरिरलाई चाहिने खानेकुरा पेटभर सन्तुष्ट भएर नखाएमा मानिस कुपोषणको शिकार हुन पुग्दछ ।
जापानको स्वास्थ्य मन्त्रालयका अनुसार ६५ बर्ष माथिका करिव १६.८ प्रतिशतमा तथा ८० बर्ष माथिका करिव २० प्रतिशतमा कुपोषण रहेको छ । जापानमा औसत वि एम आई पनि विह्वकै कम छ जुन अफ्रिकाको भन्दा न्युन रहेको छ ।
उता अमेरिका तथा युरोपमा भने प्रमुख समस्याको रुपमा मोटोपना रहेको छ । ति देशहरुमा मासु जन्य खाने कुराको, क्यालोरी जन्य खानेकुराको कटौति जरुरी छ तर जापानमा त्यसो गरिदा कुपोषण बढ्न थालेको छ ।
जापानको हकमा मानिसहरु शरिर सुन्दर बनाउन नखाने गरेको पाईएको छ । एक पटक एक महिलाले आफ्नो शरिर सुन्दर बनाउन तथा पेटलाई आराम दिन बिहान ५ बजेबाट भोलीपल्टसम्म खालि पेट बसेकि थिईन् । उनि ढलेपछि उनलाई छोरीले एम्बुलेन्स बोलाएर अस्पताल लगेकी थिइन् ।
यस्तै अनावश्यक विषयलाई लिएर जापानीहरुले आफ्नो शरिरमा विभिद रोगहरु निम्त्याइरहेका छन् । यदि उनीहरु समयमा पेटले मागे जति खाने गर्नु हो भने कोही पनि जापानी कुपोषण जस्तो रोगको सिकार बन्न पर्दैन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस