काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक जग्गा हड्प्नेको विरुद्ध कारवाही गर्दा र राजश्व अपचलन लगायत भ्रष्टाचार विरुद्धको आफ्ना कदममा आफुले पटक पटक आलोचना खेप्ने गरेको गुनासो गरेका छन् । प्रतिनिधिसभा बैठकमा उनले भने “म आफु भ्रष्टाचार गर्दिन । र अरुलाई पनि गर्न दिन्न । गत बर्षको सम्बोधनका क्रममा मैले भनेको थिएँ । कसैले मेरो भनाईलाई भन्नका लागि भनेको ठानेको छ भने त्यसले गल्ति गर्देछ । दुराचारी र दुराचार, भ्रष्ट र भ्रष्टाचारको सम्बन्धमा मुखमा पानी हालेर बस्ने मेरो बानी छैन । जो जतिसुकै उच्च ओहोदा वाला होस् वा कथित पहुँचवाला, तीनको मुख हेरेर सँजाय तोकिन्न । कारवाही गर्ने नगर्ने फैसला मुख हेरेर लिइन्न । सुशासनका संयन्त्रहरु क्रियाशिल हुँदा भ्रष्टाचारमा निर्लिप्त हुनेहरु मुरमुरिदाँ रहेछन् । यस्तो अवस्थामा निलवर्णन श्रृंगार कथा सम्झनामा आउँछ । ”
प्रधानमन्त्री ओलीले ललिता निवास जग्गा प्रकरणमा १ सय ३६ रोपनी जग्गाको छानविन गर्न आफैले बनाएको स्मरण गर्दै लुटिएको सरकारी जग्गा फिर्ता ल्याउन पहल गर्ने आफैलाई त्यसमा संलग्न जसरी प्रचार प्रशार गरिएको गुनासो गरे ।
उनले भ्रष्टाचार विरोधी सरकारको कामबाट भ्रष्टाचारमा लिप्त हुनेहरु डराएको भन्दै आफ्ना कामको विरोध गर्ने प्रतिपक्षी दल नेपाली कांग्रेसलाई घुमाउरो शैलीमा चिनियाँ उखान र ‘देखाउनेले दाग देखायो किन रुवाबासी’ भन्ने गीत जस्तो भन्दै व्यंग गर्नुभयो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस