घोराही– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले देश समृद्धिको यात्रामा अघि बढेको बताएका छन् ।
तत्कालीन विद्रोही माओवादीले युद्धको शुरुआत भएको स्थल रुन्टीगढी गाउँपालिका–९ होलेरीमा निर्माण गरिएको शान्ति स्मारक पार्कको आज उद्घाटन गर्दै उनले भने, “देशलाई समृद्धिको बाटोमा हिडाउनु नै वर्तमान सरकारकोे मुख्य कार्यभार हो ।”
मन्त्री पुनले देशमा भएका परिवर्तनको जग बसाल्ने थलो होलेरी भएको उल्लेख गर्दै जनयुद्ध शुरुआत भएको २५ वर्ष पूरा हुँदैगर्दा देशको राजनीतिक परिवर्तन मात्रै नभई व्यवस्था परिवर्तन हुनुमा होलेरीको अहम् भूमिका रहेको बताएका छन् ।
विसं २०५२ फागुन १ गते होलेरीमा आक्रमण गर्दा तत्कालीन नेकपा माओवादीमा आफू युद्ध कमाण्डर भएर लडेको स्मरण गर्दै उनले मुलुक सङ्घीयतामा गएसँगै अहिले समृद्धिका राम्रा सङ्केत देखा परेको बताए ।
तत्कालीन समयमा प्रहरी चौकी रहेको स्थानमा शान्ति स्मारक निर्माण गरिएको हो । प्रदेश सरकारको रु ३० लाख, गाउँपालिकाको रु ३० लाख तथा जनश्रमदान रु आठ लाख ५५ हजार ९२६ गरी कूल रु ६८ लाख ५५ हजार ९२६ मा सो स्मारक निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष गोपाल डाँगीले बताएका छन् ।
सो अवसरमा रुन्टीगढी गाउँपालिका अध्यक्ष बालाराम बुढाले यो स्मारकले पर्यटकलाई आकर्षित गर्ने बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस