फिदिम-पाचथर जिल्लाको राँके-रवि-भेडेटार सडकखण्डमा भइरहेको कालोपत्रको काम गुणस्तरहीन भएको पाइएको छ। उक्त सडकखण्डका इञ्जिनीयर शकरबहादुर खनालका अनुसार निरीक्षणका क्रममा गुणस्तरीय काम नभएपछि भुक्तानी रोकिएको र गुणस्तरीय कायम गर्न आयोजनाको जिम्मा लिएको भारतीय कम्पनी एप्को इन्फ्राटे प्रालिले भएको कामको पुन निर्माण गर्ने सहमति जनाएको अवस्था छ।
अनुगमनका क्रममा हामीले हेर्दा बाहिर बाहिर सिमेन्ट लगाएको, भित्रभित्रमा ड्राइ गरेको हुनाले तत्कालै हामीले मजदूरको अगाडि नै भत्काइदिएको र निरीक्षण गर्दा तीन लेयरसम्म ६० मिटर जति उचाइ थियो। ड्राइ ढुङ्गामात्रै भेटिएको हुनाले भत्काएर अब आइन्दा त्यस्तो काम नगर्न उक्त कम्पनीका प्रतिनिधि तथा कम्पनीले दिएका नेपालीपेटी ठेकेदारलाई सुझाव दिएको खनालले बताए।
राष्ट्रियस्तरको आयोजना भएको हुँदा गुणस्तरीयता कायम गर्न हामी लागेकाे र अब हामी ती निर्माण व्यवसायी र मजदूरलाई बोलाएर ओरन्टेशन राखेर कामको गुणस्तरीयता दिन लागि परेकाे खनालले भनेका छन्। यस्तै घुर्विसे-पञ्चमीदेखि राँकेसम्म गरिएको अनुगमनका क्रममा फाल्गुनन्द गाउँपालिका अध्यक्ष वीरबहादुर कुरुम्बाङले बताए अनुसार काम गुणस्तरीय होस् भनेर हामीले अनुगमन गरिरहेकाे र हाम्रो गाउँपालिकाभित्र यस्तो गुणस्तरहीन काम गर्न नदिने पनि बताए।
उक्त सडकको जिम्मा लिएको नेपाली पेटी ठेकेदारमध्येका दिपेश बोहोराले भारतीय कम्पनी र कन्सल्टेन्सीको समन्वय अभावका कारण यस्तो समस्या सिर्जना भएको र काम गर्ने क्रममा गल्ती भएकाले सुधारेर अघि बढ्ने बताए। उक्त सडकको काम पनि द्रुत गतिमा अघि नबढेपछि एक महिना अघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले समेत स्थलगत अनुगमन गरी गुणस्तरीय काम समयमै सम्पन्न गर्न निर्देशन दिएका थिए।
गतवर्ष पुस २० गते प्रधानमन्त्री केपी शर्मा ओलीले सो सडक कालोपत्रको शिलान्यास गरेका थिए। भारतको (एक्जिम) बैंकको ऋण सहयोगमा रु. ३ अर्ब ६५ करोड ८४ लाखमा ठेक्का लागेको हो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस