एएफपी-सुडान सरकारले डार्फर नरसंहारको आरोप खेपिरहेका पूर्व राष्ट्रपति ओमार अल बसरलाई अन्तर्राष्ट्रिय फौजदार अदालतसमक्ष बुझाउन सहमति जनाएको छ।
सुडानको सत्तारुढ परिषदका एक सदस्यले बसिरमाथि डार्फर घटनामा युद्ध अपराधको आरोप लागेको जानकारी दिए। हेगस्थित अदालत (आइसिसी) ले अल असद र उसका अरु तीन जना सहयोगमाथि आमहत्या, मानवता विरुद्धको अपराध र युद्ध अपराधको आरोप लगाएको छ।
“आइसिसीले दोषी ठहर गरेका व्यक्तिहरु सबैलाई हेग पठाइनेछ,” परिषदका सदस्य मोहम्मद हस्सन अल टाइसेले एक विज्ञप्ति प्रकाशन गरी जानकारी दिए। “सिफारिस गरिएकाहरुमा एक जना अल असद र अरु तीन जना छन्।” तर परिषदका सदस्यले यी चारै व्यक्तिलाई कहिले आइसिसी समक्ष हस्तान्तरण गरिन्छ भन्ने स्पष्ट गरेनन्।
टाइसेले डार्फरका विद्रोही समूह समक्ष डार्फर क्षेत्रमा शान्ति कायम गर्न सरकारले वार्ता गरिरहेको जानकारी दिए। डार्फरमा सन् २००३ मा भड्किएको हिंसामा करिब तीन लाख मानिस मारिनुका साथै लाखौं मानिस विस्थापित भएका थिए। टाइसेले डार्फरमा शान्ति स्थापना गर्ने सन्दर्भमा युद्ध अपराधको छानबिन गर्न एउटा विशेष अदालत गठन गर्ने बारेमा पनि विचार विमर्श भइरहेको बताए। जुबामा जारी वार्तामा सहभागी विद्रोही समूहका एक सदस्यले पनि सरकारी तयारीका बारेमा जानकारी दिएको छन्।
वार्तापछि संवाददाताहरुसँग कुरा गर्दै विद्रोही प्रतिनिधिमण्डलका सदस्य निमिर मोहमद अब्दुरहमानले युद्ध अपराधका मुख्य दोषीलाई आइसिसी समक्ष हस्तान्तरण गर्ने सरकारी प्रयत्न सराहनीय रहेको बताउँदै अबका दिन शान्ति र न्यायका लागि सरकारले उचित कार्य गर्ने विश्वास व्यक्त गरेका छन्।
डार्फरमा अल्पसंख्यक अफ्रिकी समुदायले तत्कालीन अरब-समर्थित अल-बसरको सरकार विरुद्ध सशस्त्र विद्रोह गरेका थिए। उनीहरुले अफ्रिकी अल्पसंख्यक समुदायमाथि बसिरको सरकारले आर्थिक र राजनीतिक रुपमा विभेद गरेको आरोप लगाउँदै आएका थिए। सुडान सरकारका प्रवक्ता फैजल मोहम्मद सलिहले पनि पूर्व राष्ट्रपति अल बसर र उसका तीन सहयोगीलाई आइसिसी समक्ष हस्तान्तरण गर्न लागिएको एएफपीलाई जानकारी दिए।
बसरको शासन विरुद्ध जनताले महिनौं प्रदर्शन गरेपछि गत वर्ष अप्रिलमा सेनाले बसरलाई पदच्यूत गरेको थियो। करिब तीन दशक शासन गरेका बसरलाई हाल भ्रष्टाचारको अभियोगमा दुई वर्षको सजाय सहित हिरासतमा राखिएको छ। बसर विरोधी प्रदर्शनकारीहरु, डार्फरका बासिन्दा तथा विद्रोही समूहहरुले बसिरलाई आइसिसी समक्ष हस्तान्तरण गर्न माग गरिरहेका छन्। आइसिसीले दोषी ठहर गरी पक्राउ पूर्जी जारी गरे पनि बसिरले आफू सत्तामा रहँदा रसिया र चीन समेतका कतिपय देशको औपचारिक भ्रमण गरेका थिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस