सोल-कोरोना भाइरसबाट प्रभावित चिनियाँ शहर उहानबाट १४७ जना दक्षिण कोरियालीलाई बिमानबाट उद्धार गरिएको छ। बुधबार सियोल आइपुगेकाहरुमा १४७ जना कोरियाली नागरिक, उनीहरुका चिनियाँ पति वा पत्नी तथा परिवारका सदस्यहरू रहेका छन्। तीमध्ये ६ जनामा कोरोना भाइरसको लक्षण देखिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन्।
उद्धार गरिएका व्यक्तिहरु चढेको चार्टर्ड बिमान बिहान ६:०० बजे पश्चिमी सोलको गिम्पो अन्तराष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो। कोरोना भाइरसको लक्षण देखिएका यात्रुहरूलाई थप मेडिकल जाँच र उपचारका लागि नजिकको अस्पतालमा पठाइएको थियो। बाँकी यात्रुहरुलाई सोलको बाहिरी इलाकामा बनाइएको अस्थायी शिविरमा राखिएको छ।
दक्षिण कोरियामा एक दर्जनभन्दा बढीमा कोरोना भाइरस देखिएको पुष्टि भइसकेको छ। चीनको उहानमा घातक कोरोना भाइरसका कारण मानिसहरु बिरामी हुनेक्रम जारी रहेपछि १५ दिनभित्रै दुई उडानबाट ७०१ जनाको उद्धार गरिएको छ।
तेस्रो उडानका यात्रुहरूमध्ये करिब ६० जना चिनियाँ नागरिक छन्। उनीहरु दक्षिण कोरियाली परिवारका सदस्य रहेको र उनीहरुलाई चिनियाँ अधिकारीहरूको स्वीकृति लिएर उडानमा समावेश गरिएको हो।
सोलले पछिल्लो उडानमा ७० जना चिनियाँ सहित १७० जनालाई कोरिया ल्याउने योजना बनाएको थियो। तर सबै व्यक्ति बिमानमा किन आएनन् भन्ने अन्यौल नै छ।
उद्धार गरिएका व्यक्तिहरुलाई सियोलबाट करिब ८० किलोमिटर टाढाको इन्चोनमा १४ दिनसम्म अस्थायी शिविरमा राखिने अधिकारीहरुले बताएका छन्। अझै पनि उहानमा कबिर १०० जना दक्षिण कोरियालीहरू रहेको विश्वास गरिएको छ।
दक्षिण कोरियामा दुई दर्जन भन्दा बढी व्यक्तिमा कोरोना भाइरस रहेको पत्ता लागिसकेको छ अद्यापी कुनै पनि व्यक्तिको आजसम्म मृत्यु भएको छैन। चीनमा भने भाइरसका कारण मृत्यु हुनेको संख्या १ हजार १०० पुगिसकेको छ भने ४४ हजारमा संक्रमण देखिएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस