ललितपुर– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विकिरणको नकारात्मक प्रभावलाई कम गर्न आवश्यक रहेको बताएका छन् । मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘नेपालमा पारमाणविक विकिरण स्रोत तथा प्रविधिको वर्तमान अवस्थाः आवश्यकता र चुनौती राष्ट्रिय कार्यशाला’ मा मन्त्री पोखरेलले केही विकिरण मानिसले देख्न सक्ने त केही देख्न नसक्ने भएका कारण यसले मानिसलाई प्रत्यक्ष वा अप्रत्यक्षरुपमा असर गरिरहेको हुँदा कम गर्न आवश्यक रहेको बताए ।
उनले भने, “विकिरणको प्रयोग उद्योग, कृषि, स्वास्थ्य आदिको क्षेत्रका विकासमा गर्नुपर्ने भएका कारण नियामक निकाय र प्रवद्र्धनात्मक निकाय रिसर्च सेन्टरको स्थापना तुरुन्तै गर्नुपर्ने महसुस गरी विधेयक संसद्मा पेश गरेको छु ।” पारमाणविक प्रविधि र आयनिकृत विकिरणको सुरक्षित र शान्तिपूर्ण प्रयोग गर्न तथा विकिरणबाट पर्न सक्ने प्रतिकूल प्रभावबाट सर्वसाधारणको जीउधनको सुरक्षा र वातावरणको संरक्षण गर्ने कार्य चुनौतीपूर्ण रहेको मन्त्री पोखरेलले बताएका छन् ।
मन्त्रालयका सचिव सञ्जय शर्माले पारमाणविक विकिरणलाई राष्ट्रिय परियोजनाका रुपमा अघि बढाउन आवश्यक रहेको औँल्याए। मन्त्रालयका सहसचिव सुरेन्द्र सुवेदीले यस क्षेत्रमा काम गर्ने जनशक्तिको क्षमता वृद्धि गर्न आवश्यक रहेको बताएका छन् ।
त्रिभुवन विश्वविद्यालयका प्रा डा राजु खनालले भौतिक र रसायनशास्त्र कक्षामा न्युक्लिएर कार्यशाला अभिवृद्धि गर्न आवश्यक रहेको बताए । वीरअस्पतालका विशेषज्ञ डा अनु भट्टराईले नसर्ने रोगका कारण मुलुकमा बढी मानिसको मुत्यु भइरहेको हुँदा यसलाई एक तिहाइमा घटाउन अस्पताल लागिपरेको बताएका छन् । त्रिचन्द्र क्याम्पस भौतिकशास्त्र विभाग प्रमुख ईश्वरप्रसाद कोइरालाले प्रशासनिक समस्याका कारण उपकरण भित्र्याउन मुलुकमा समस्या रहेको गुनासो गरे ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस