एएफपी-बङ्गलादेशको दक्षिण भागमा रहेको समूदमा आज बिहान सबेरै भएको एक डुङ्गा दुर्घटनामा परी १४ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनौँ वेपत्ता भएका सरकारी अधिकारीले जनाएका छन्।
रोहिङ्ग्या मुसलमान शरणार्थी बोकेको सो डुङ्गा दुर्घटना भएको बताइएको छ। दुर्घटना भएको यस डुङ्गामा करिब १३० व्यक्ति सवार रहेका जनाइएको छ। बङ्गालको खाडी पार गरेर मलेसियातर्फ गइरहेको सो डुङ्गा दुर्घटना भएको तटीय गार्डका प्रवक्ता हमीदुल इस्लामले एएफपी समाचार समितिलाई बताएका छन्। यस दुर्घटनाबाट करिब ७० व्यक्तिलाई जीवितै उद्धार गरिएको पनि एएफपीले जानकारी दिएको छ।
सन् २०१७ मा म्यानमारमा जारी सैनिक कारवाहीको कारण छिमेकी देश बङ्गलादेशमा भाग्न बाध्य ७ लाखभन्दा बढी रोहिङ्ग्या प्रायः बङ्गलादेशको कोक्स बजारमा रहेको शरणार्थी शिविरमा बसोबास गर्दै आएका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस