पोर्चुगल-प्रवासमा रहेर पनि बाग्लुङ समाज पोर्चुगलले आफ्नो कला संस्कृतिको जगेर्ना तथा प्रचार गर्दै आइरहेको छ। हरेक वर्ष विशेष मेलाको आयोजना गर्दै समाजले आफ्नो कला, संस्कृतिको जगेर्ना गर्दै आइरहेको हो।
यस वर्ष पनि चैतेदशैँको अवसर पारेर समाजले बागलुङको कला, संस्कृतिको प्रदर्शनका साथै भलिबल प्रतियोगिताको समेत आयोजना गरिनेको समाजका अध्यक्ष प्रेम खड्काले बताएका छन्। अध्यक्ष खड्काका अनुसार विदेशी र नेपाली समुदायलाई नेपाली लोकगीतमा छमछमी नचाइनेछ। “नेपाली कला, संस्कृति र परम्परालाई विदेशी भूमिमा उजागर गर्न लागेका छौँ”, “यस्ता कार्यक्रमले नेपाल सरकारले आयोजना गरेको पर्यटन वर्षलाई सघाउनेछ।” अध्यक्ष खड्काले बताए।
कार्यक्रमलाई सफल पार्न मूल व्यवस्थापन समितिसहित सात अन्य उपसमितिसमेत निर्माण गरिएको समाजका अध्यक्ष खड्का बताएका छन्। अध्यक्ष खड्काका अनुसार कार्यक्रम भव्यतापूर्वक सम्पन्न गर्न आर्थिक व्यवस्थापनको संयोजकमा समाजका उपाध्यक्ष ओमबहादुर कार्की र सहसंंयोजकमा महासचिव विक्रम गौतमलाई अघि सारिएको छ। यस्तै सांस्कृतिक कार्यक्रम व्यवस्थापन उपसमितिको संयोजकमा समाजका सचिव किरणदीप, खेल व्यवस्थापन उपसमितिको संयोजकमा उपाध्यक्ष हरि मगर, अतिथि सत्कार उपसमितिको संयोजकमा उपाध्यक्ष ज्ञानु गौतम, प्रचारप्रसार उपसमिति संयोजकमा फुर्वान रायमाझी, मञ्च व्यवस्थापन उपसमितिको संयोजकमा विमल गौतम र स्वयंसेवक परिचालन उपसमिति संयोजकमा सुमन अखेली रहेका छन्।
मेलामा स्थानीय नेपाली कलाकारको पनि प्रस्तुति रहने मेलाका संयोजकसमेत रहनुभएका खड्काको भनाइ छ। अध्यक्ष खड्काले भलिबल खेलमा प्रथम हुनेलाई १ हजार ६०० यूरो र द्वितीय हुनेलाई १ हजार ५० यूरो पुरस्कार राशि राखिएको जानकारी दिए। यस्तै लोकगीत प्रतियोगितामा प्रथम हुने समूहलाई ५०० यूरो र द्वितीय हुने समूहलाई ३०० यूरो पुरस्कार प्रदान गर्ने समाजले घोषणा गरेको छ। मेला आगामी मार्च १५ तारिखमा आयोजना गरिने भएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस