जनकपुर-समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपाली जनताको मूल भावनालाई संविधानमा नसमेटिएको बताएका छन्।
नेपाल बौद्धिक पेशाकर्मी महासङ्घद्वारा जनकपुरधाममा आयोजित ‘वर्तमान सन्दर्भमा संविधान संशोधनको अपरिहार्यता’ विषयक कार्यशालामा अध्यक्ष यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संवैधानिकरूपमा संस्थागत गर्नका लागि संविधान जारी भएको उल्लेख गरेका थिए।
संविधानमा मौलिक हक, समावेशी, समानता, नागरिक स्वतन्त्रतालगायत उपलब्धिमूलक धारा भए पनि अध्यक्ष यादवले यसको कार्यान्वयन पक्ष जटिल रहेको र संसदीय प्रणालीमा संविधानमा प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने विशेषाधिकार नरहेको भन्दै अध्यक्ष यादवले सोही कारणले संविधानमा संसदीय गुण र सर्वोच्चता नरहेको विचार प्रकट गरेका थिए।
राजपाका वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लालले संविधान संशोधन समानता, राज्य सञ्चालनमा समावेशिता र समान अवसरका लागि हुनुपर्नेमा जोड दिए। उपाध्यक्ष वृषेशचन्द्र लालले राजपा र समाजवादी पार्टीले संविधान संशोधनका लागि ठोस रणनीति बनाउनुपर्ने आवश्यकता औँल्याएका थिए। समाजवादी पार्टीका सह-अध्यक्ष राजेन्द्र श्रेष्ठले परिवर्तनका लागि शक्ति आवश्यक रहेकाले शक्ति सुदृढीकरणका लागि कार्यकर्तालाई सङ्गठन बलियो बनाउन आह्वान गरेका छन्।
समाजवादी पार्टीकी उपाध्यक्ष रेणु यादवले संविधानमा संशोधन हुनुपर्ने उल्लेख गर्दै वैवाहिक अङ्गीकृत नागरिकता, हरेक क्षेत्रमा समानुपातिक समावेशीकरण उल्लेख हुनुपर्ने, सबै जातिको न्याय परिषद् गठन हुनुपर्ने र सङ्घको अधिकार प्रदेश र स्थानीय तहमा आउनुपर्ने सुझाव प्रकट गरेकि थिईन्।
समाजवादी पार्टीका प्रदेश नं-२ का अध्यक्ष एवं आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले संविधानमार्फत सङ्घीयता नामको मात्र उपलब्धि देखिएको उल्लेख गरेका थिए। नेपाल बौद्धिक पेशाकर्मी महासङ्घका उपाध्यक्ष जीतेन्द्र यादवले मधेशप्रति उपेक्षित भावना कायमै रहेको भन्दै मुलुकलाई समृद्ध बनाउन एकजुट हुनुपर्ने विचार प्रकट गरेका छन्। महासङ्घका उपाध्यक्ष नवराज सुवेदीले वर्तमान सन्दर्भमा संविधान संशोधनको अपरिहार्यता विषयक कार्यपत्र प्रस्तुत गर्दै तत्काल संविधानमा संशोधन गर्नुपर्ने १३ बुँदे सुझाव दिएका थिए।
उक्त कार्यपत्रमाथि वरिष्ठ अधिवक्ता मिथिलेशकुमार सिंह, प्रदेश नं २ को नीति आयोगका उपाध्यक्ष डा भोगेन्द्र झा र वरिष्ठ पत्रकार रामभरोस कापडीले टिप्पणी गरेका थिए। नेपाल बौद्धिक पेशाकर्मी महासङ्घका अध्यक्ष कृष्ण शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सो महासङ्घका पूर्वअध्यक्ष रत्नेश्वरलाल कायस्थ र इञ्चार्ज महेन्द्र प्रधानलगायतले संविधान संशोधनको अपरिहार्यतामाथि प्रकाश पारेका थिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस