सप्तरी – सप्तरीको डाक्नेश्वरी नगरपालिका प्रमुख शिवनारायण साहमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका युवाहरूको रिहाइको माग गर्दै नेपाली काँग्रेस सप्तरीले सोमबार राजविराजमा प्रदर्शन गरेको छ ।
युवाहरूमाथि झुटा मुद्दा लगाएर हिरासतमा राखेको भन्दै काँग्रेसले झुटा मुद्दा फिर्ता गर्न नारा लगाउँदै राजविराज नगर परिक्रमा गरेको हो । काँग्रेस सप्तरीका सभापति दिनेशकुमार यादवको नेतृत्वमा निस्केको जुलुसले पक्राउ परेका युवाहरूको मुद्दा फिर्ता माग्दै शहीद दशनचोकमा कोणसभा गरेको थियो ।
नगरपालिकाका प्रमुख ६८ वर्षीय शिवनारायण साहमाथि गत माघ २१ गते दुव्र्यवहार गरेको आरोपमा सोही नगरपालिका–३ का राजीवकुमार राय, ५ का अमरेन्द्र यादव र ७ का अर्जुन यादव घटनास्थलाट पक्राउ परेका थिए ।
नगरप्रमुख साहमाथि भएको दुव्र्यवहार र हातपातको विरोधमा गत बिहीबार जिल्लाका १८ वटै स्थानीय तह बन्द गरिएको थियो । नगरप्रमुख साहमाथि आक्रमण गर्ने आरोपितमाथि कारवाही नभएसम्म जिल्लाका सबै स्थानीय तह अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गर्दै सप्तरीका नौ नगरपालिका र नौ गाउँपालिकाले सेवा बन्द गरेका थिए ।
प्रहरीले पक्राउ गरेका तीनसहित पाँच जनाविरुद्ध बिहीबार नै गाली बेइज्जती र अभद्र व्यवहारको मुद्दा दर्ता गर्दै कारवाही अगाडि बढाएको छ । आरोपित डाकनेश्वरी नगरपालिका–५ का महेश्वरप्रसाद यादव र वडा नं ७ का गजेन्द्रप्रसाद साह हालसम्म पक्राउ परेका छैनन् ।
नगरपालिका–५ पातोस्थित माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रममा गत मङ्गलबार सहभागी हुन कर्मचारीसहित गाडीमा गइरहेका बेला आरोपितको समूहले घेरा हाली दुव्र्यवहार गर्दै कर्मचारीमाथि हातपात गरेको नगरप्रमुख साहको आरोप छ ।
गाडीलाई चारैतिरबाट मोटरसाइकलले घेराउ गरी ‘ज्ञापनपत्र दिनु छ, अहिले कार्यालय हिँड’ भन्दै घिस्याउन खोजेको र कर्मचारीले रोक्न खोज्दा उनीहरूमाथि नै हातपात भएको प्रमुख साहले बताउनुभयो । प्रदर्शनपश्चात काँग्रेस सप्तरीका सभापति दिनेश यादवले पक्राउ परेका युवाहरूलाई झुटा मुद्दा लगाइएको दाबी गर्दै रिहा नगरिए आन्दोलन थप चर्काउने चेतावनी दिए ।
पक्राउ परेका अमरेन्द्र डाकनेश्वरी युवा प्रतिष्ठानका अध्यक्ष हुन् । आर्थिक अनियमितताको विरोध गर्दै प्रतिष्ठानको नेतृत्वमा स्थानीय युवाहरूले डाकनेश्वरी नगरपालिका कार्यालयमा मङ्सिर २९ गतेदेखि ताला लगाएर विभिन्न प्रदर्शनसहित आन्दोलन गरेका थिए । द्विपक्षीय वार्तापछि गत पुस १२ गते २२ बुँदे सहमतिपछि ताला खुला भएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस