सोल-दक्षिण कोरिया मात्र नभई सिङ्गो विश्व हाल कोरोना भाईरसको आतङ्क सँग लडिरहेको छ । कोरोना भाईरसको सङ्क्रमणका कारण विश्वभरमा हजारौँको सङ्ख्यामा विरामीहरु रहेका छन् भने सयौँले ज्यान पनि गुमाईसकेका छन् ।
उपचारको विश्वसनीय आधार अझै बनिसकेको छैन । तर केहि अनलाईन समाचार संस्था तथा युट्युवरले यति सम्वेदनशील विषयमा पनि संवेदनशीलता नदेखाउदा रोग बारे यकिन तथ्याङ्क ल्याउन हम्मे हम्मे पर्न थालेको छ ।
हो यहि समस्याबाट हाल दक्षिण कोरिया गुज्रिरहेको छ । हालसम्म सरकारी तथ्याङ्क अनुसार दक्षिण कोरियामा मानिसबाट मानिसमा सङ्क्रमण हुने कोरोना भाईरस सङ्क्रमितहरुको सङ्ख्या २७ जना छ । तर अनलाईनले बढाई चढाई गर्दा मानिसमा नकारात्मक असर पर्न थालेको छ ।
कसैले चीनमा चमेराको मासु खाएकाले आफु सङ्क्रमित भएको त कोहिले अन्य कुनै बाहानामा आफु सङ्क्रमित भएको अनलाईनलाई बताई समाचारको बिषय बनाएका कारण मानिसमा नकारात्मक असर परेको छ ।
हालै मात्र एक युट्युवरलाई सोहि बिषयमा पक्राउ गरि झुट समाचार सम्प्रेशण को मुद्दा समेत प्रहरीले चलाईसकेको छ । हाल धेरै अनलाईन समाचार एजेन्सीहरु फेक न्युज सम्प्रेशण गरेको आधारमा रिपोर्ट मा परेका छन्, दक्षिण कोरियाली प्रहरी अधिकारीले बताए ।
त्यसरि भ्रामक समाचार सम्प्रेशण गरिएको पाईएमा कसैलाई नछोडिने र कानुन बमोजिम कारवाहि गरिने पनि कोरियाली प्रहरिले चेतावनि दिएको छ र त्यस्ता समाचार तथा भिडियो नबनाई यो गम्भिर विषयलाई गम्भिरतापूर्वक लिन समेत अपिल गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस