बिराटनगर-प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण प्रदेश नं. १ प्रदेशसभाको आजको बैठक पनि स्थगन भएको छ।
झण्डै २० मिनेट ढिला गरी शुरु भएको बैठकको कारवाही प्रारम्भ हुनेबित्तिकै काँग्रेसका सदस्यले उठेर विरोध जनाएपछि सभाको कामकारवाही अगाडि बढ्न सकेन। ललिता निवास जग्गा प्रकरणमा प्रतिनिधिसभा काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेकोलगायत विषयमा काँग्रेसले आज तेस्रो पटक बैठक अवरुद्ध गरेको हो।
सभामुख प्रदीपकुमार भण्डारीले सभाको कामकारवाहीलाई चलायमान र प्रभावकारी बनाउन पटक पटक आग्रह गरे पनि प्रतिपक्षी दलका सदस्यले उभिएर विरोध जनाएका थिए। सभामुख भण्डारीले प्रतिपक्षले उठाएको विषय अदालतमा गइसकेकाले प्रदेशसभाबाट निरुपण नहुने स्पष्ट पार्दै सभाको सर्वोच्चतालाई कायम राख्न प्रमुख प्रतिपक्षी दलको पुनः ध्यानाकर्षण गराएका थिए। प्रदेशसभाको अर्को बैठक यही माघ २८ गते अपराह्न १ बजे बस्नेछ।
अवरोधका कारण उद्योग, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले ‘प्रदेशको वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेका विधेयक’ प्रदेशसभा पेश गर्न पाएनन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस