सुनसरी – नेपाल भ्रमण वर्ष सन् २०२० मा लिइएको लक्ष्य पूरा गर्न सुनसरीको कोशी गाउँपालिका–३ कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयको छेउमा आयोजना गरिएको कोशी पर्यटन महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकले हात्ती सफारी र डुङ्गा सयर (बोटिङ)को आनन्द लिइरहेका छन् ।
महोत्सवमा दैनिक रुपमा हात्ती सफारी र बोटिङ गर्नका लागि एक हजारभन्दा बढीको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका बताइएको छ । गाउँपालिकाले ५० हजारदेखि एक लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ आयोजना गरेको सो महोत्सवले उल्लेख्य मात्रामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सफल भएको गाउँपालिकाका अध्यक्ष अयुव अंसारीले बताएका छन्।
भ्रमण वर्षमा सङ्घीय सरकारले २० लाख र प्रदेश नं १ सरकारले लिएको पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य पु-याउन महोत्सवको आयोजना गरिएको उनको भनाइ छ । नेपाल भ्रमण वर्षको लक्ष्य हासिल गर्न, आन्तरिक तथा बाह्य पर्यटन अभिवृद्धि गर्न, कोशी टप्पुलाई उत्कृष्ट पर्यटनस्थलका रूपमा चिनाउन, पर्यटन पूर्वाधार निर्माण गर्न, प्राकृतिक सम्पदाको पहिचान र व्यवस्थापन गर्न, सांस्कृतिक सम्पदाको संरक्षण संवद्र्धन गर्न महोत्सव आयोजना गरिएको अध्यक्ष अंसारीले बताए ।
कोशी टप्पुको पहिचान झल्काउने उद्देश्यले मुख्यमन्त्री शेरधन राई, उद्योग पर्यटन वन तथा वतावरणमन्त्री जग्दीशप्रसाद कुशियैत लगायतलाई हात्ती सफारी गराइएको उनले जानकारी दिए । यही माघ १९ देखि शुरु भएको महोत्सव यही माघ २९ गतेसम्म चल्ने आयोजकले जनाएको छ । महोत्सवमा प्रत्येक दिन राति तथा दिउँसो विभिन्न किसिमका कार्यक्रमसमेत हुने गरेका आयोजकले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस