काठमाडौँ : हिन्दू धर्म शास्त्रका अनुसार ब्रम्हाण्डमा चार युग रहेका छन् । जसमा सत्य त्रेता र द्वापर र कलियुग पर्दछन् ।
शास्त्रहरुका अनुसार अहिलेको यो सयम कलियुग अन्तर्गतको कालखण्ड हो , जुन अन्तिम पनि हो ।
विभिन्न पुराणहरुमा युगहरुको समय फरक फरक पाइएको छ । चार युग मध्येको पहिलो युग सत्य युग हो । कलियुगपछि पुनः सत्य युगको शुरुवात हुने धर्मशास्त्रहरुमा उल्लेख गरिएको छ ।
कलि युगको अन्त्यसँगै सारा संसार ध्वस्त भई नयाँ संसार श्रृजना हुने विश्वास गरिन्छ । कलि युग ४ लाख ३२ हजार वर्षको हुने उल्लेख गरिएको पाइएपनि शास्त्र अनुसार समय भने फरक फरक रहेको पाइएको छ ।
कलियुगको आरम्भ
१२ सय दिव्य वर्षको एक कलियुग मानिएको छ । कलियुग चौथो युग हो । शास्त्रहरुका अनुसार महाभारत युद्ध ३१३७ ईसा पूर्वमा भएको थियो । कृष्णको यो युद्धको ३५ वर्षपछि देहान्त भएको थियो, जसपछि कलियुगको आरम्भ भएको विश्वास लिइन्छ ।
कलि युगमा भगवान विष्णुको दशौं अवतारको रुपमा कल्किको प्रभाव रहेको विष्णु पुराणमा उल्लेख गरिएको छ ।
पशुपतिमा कलिको मुर्ति
हिन्दुहरुको अराध्यदेव पशुपतिनाथ मन्दिरमा कलिको मुर्ति रहेको विश्वास गरिन्छ । पशुपतिनाथ मन्दिरको पछाडिपट्टि ‘विरुपाक्ष’ को मुर्ति रहेको छ । यस मुर्तिलाई नेपालमा ‘कलिको मुर्र्ति’ को रुपमा लिने गरिएको छ । विरुपाक्ष भगवानलाई शिवको मानवस्वरुप मानिन्छ ।
तर पशुपति जाने जो कोही पनि एक पटक विरुपाक्षको मुर्ति हेर्न पुग्छन् र कलि बाहिर निस्किरहेको बताउँछन् । श्रुतिहरुका अनुसार यो मुर्र्ति जमिनको सतहबाट विस्तारै माथि सर्दै आइरहेको छ ।
जब यो मूर्ती जमिनबाट पूर्णरुपमा माथि आउँछ त्यसपछि यो संसारको अन्त्य हुने विश्वास गरिएको छ । अर्थात यो मूर्ति पूर्णरुपमा बाहिर निस्किएपछि कलियुगको अन्य हुने विश्वास गरिन्छ । कलियुगको समाप्तिपछि यो मुर्ति फेरि जमिनमुनि पुरिने र निस्कदै जाने विश्वास गरिएको छ ।
तर पुराणहरुका अनुसार कलियुगको अन्त्य भने भगवान विष्णु कलियुगको अन्तिममा कल्किको रुपमा देवदत्त नाम गरेको घोडामा चढेर संसारमा आउने र पापिहरुको विनाश गर्ने बताउँछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस