काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सांसद महेश बस्नेतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विगतमा भएका भ्रष्टाचारको फाइल उठाउने वित्तिकै प्रमुख प्रतिपक्षी दलका अधिकाशं नेताहरु कारवाहीमा पर्ने बताएका छन् ।
अष्ट्रेलियाको सिड्नीमा प्रबासी नेपाली एकता मंचले गरेको कार्यक्रममा सांसद बस्नेतले वर्तमान सरकार भ्रष्टाचार मुक्त तथा सुशासन युक्त मुलुक निर्माण गर्ने अभियानमा लागेको दाबी गरे ।
म भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने सिद्धान्तलाई आत्मसात् गर्दै विधिको शासन शुरु गरेको उल्लेख गर्दै उनले अख्तियारले भ्रष्टाचारको विषयमा गर्ने छानविन यो पार्टी र त्यो पार्टी भन्दैमा कसैलाई छुट नहुने बताए ।
तत्कालिन भौतिक मन्त्री विजयकुमार गच्छदारले ललिता निवासको १ सय ९९ रोपनी जग्गा कब्जाको विषयमा निर्णय गराएको विषयलाई अख्तियारले गम्भीर रुपमा अनुसन्धान गरी मुद्धा चलाएको उनले बताए ।
उनले भने, ‘कांग्रेसले हाम्राले गरे चमत्कार, अरुले गरे बलात्कार’ भन्ने ? हिजो किन मुद्धा चलाएन सरकारले ? भनि प्रश्न गर्नेहरु अहिले किन चलायो भन्दै प्रश्न गरिरहेका छन् ।’
उनले आफुले गरे सवैथोक राम्रो र अरुले गरे सवै थोक नराम्रो भन्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताए ।
अध्यक्ष ओली तथा प्रचण्ड नेपाली इतिहासको स्वर्ण अक्षरले लेखिएको पात्र भएको भन्दै उनले नेकपा जनताको समृद्धिको चाहना पुरा गर्ने दिशा तिर अघि बढिरहेको बताए ।
नेकपाले बनाएको तीन सदस्यीय आयोगले दिएको सल्लाह अनुसार एमसीसी प्रकृया अघि बढ्ने पनि उनले बताए ।
इण्डोप्यासिफिकको अंग भए स्वीकार गर्न नसकिने तर उक्त सहयोग इण्डोप्यासिफिकको अंग नभएको नेताहरुले स्पष्ट पारेको बताउँदै उनले उक्त सहयोग विद्युत तथा सडक स्तरउन्नतीको लागि उक्त सहयोग प्रयोग हुने जानकारी गराए ।
सरकारले राष्ट्रिय गौरवका आयोजनाहरु अन्तराष्ट्रिय एयरपोर्ट, मदनभण्डारी मार्ग, पूर्वपश्चित राजमार्ग, शुरुङ मार्ग, औद्योगीक क्षेत्रको विकास लगायतका कार्यहरु शुरु गरिरहेको, परराष्ट्र नीतिलाई व्यवस्थित तवरले अघि बढेको जानकारी गराउँदै उहाँले आयात घट्दोदरमा रहेको तथा निर्यात घट्दो साथै विदेश जाने युवाको संख्या घटेको साथै रेमिट्यान्स भने बढेको बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस