काठमाडौं – कोरोनाको महामारीका कारण चीनको वुहानलगायत सहरमा रहेका नेपाली विद्यार्थी खानसमेत नपाई कोठाभित्रै बस्नुपरेको पीडा सुनाइरहेका छन् । तिनका अभिभावक सिंहदरबार धाउँदै स्वदेश फर्काइदिन याचना गरिरहेका छन् । तर, नागरिकको पीडामा सरकार ढुक्कसाथ आलटाल गरिरहेको छ ।
क्वारेन्टाइन टुंग्याउन ६ दिन लगाएको सरकारले अरू तीन दिन बितिसक्दा पनि नागरिक ल्याउने मिति निश्चित गरेको छैन । शनिबार त त्यसबारे कुनै छलफलसम्म भएन । ‘चीनबाट नागरिक ल्याउने विषयमा शनिबार कुनै छलफल भएन,’ स्वास्थ्य मन्त्रालयका सहसचिव डा। दीपेन्द्ररमण सिंहले नयाँ पत्रिकासँग भने ।
सरकारले सुरुमा उनीहरू चीनमै सुरक्षित रहेको दाबी गर्दै आएको थियो । तर, भारत, अमेरिकालगायत देशले नागरिक फिर्ता लगेपछि सरकार दबाबमा परेको थियो । १८ माघमा परराष्ट्र मन्त्रालयले आफ्ना नागरिक फर्काउन सहजीकरणका लागि चीन सरकारलाई औपचारिक पत्र पठायो । बेइजिङस्थित नेपाली दूतावासले नेपाल आउन चाहनेलाई फारम भर्न भन्यो । १८५ जनाले फर्किन चाहेको भन्दै फारम पनि भरे ।
प्रवक्ता महेन्द्र श्रेष्ठले २० माघमै पत्रकार सम्मेलन गरेर वुहानलगायत सहरबाट २४ माघभित्रै नागरिक फिर्ता ल्याउने बताएका थिए । तर, सरकार उनीहरूलाई फर्काएपछि १४ दिनसम्म राख्नुपर्ने ठाउँ खोज्ने नाममा अलमलियो ।
चीनले कोरोना संक्रमितलाई उपचार गर्न १० दिनमा हजार शड्ढयाको अस्पताल ठड्याउँदा नेपालले जम्मा १८५ नागरिक ल्याएर राख्ने ठाउँ खोज्न ६ दिन लगायो । उनीहरूलाई इचंगुनारायणको सुकुमबासी आवास भवन, खरिपाटीको विद्युत् प्राधिकरण तालिम केन्द्र, शिवपुरी र सूर्यविनायकका सैनिक ब्यारेकमा राख्ने बिहीबार मात्रै टुंग्यायो ।
नयाँपत्रिका दैनिकले लेखेको खबर अनुसार, ठाउँ टुंगिएपछि अब छिटै फिर्ता प्रक्रिया सुरु हुने अपेक्षा थियो । तर, सरकारले फेरि आलटाल गरेको छ । आवश्यक व्यवस्थापनले गति लिएको छैन । शनिबार खरिपाटीस्थित विद्युत् प्राधिकरणले दुई भवन खाली गरेको छ । वातावरण तथा सामाजिक अध्ययन विभाग र हेस्टेलको भवन खाली गरिएको खरिपाटी विद्युत् प्राधिकरणका सहनिर्देशक केशवराज ओलीले बताए ।
त्यस्तै स्वास्थ्य मन्त्रालयले आफ्नो दायित्व पूरा गरेको जनाएको छ । सहसचिव डा. दीपेन्द्ररमण सिंहका अनुसार स्वास्थ्य टोली चीन जानुअघि स्वास्थ्य जाँच, पोसाक व्यवस्थापन, चीनबाट नागरिक ल्याइसकेपछि विमानस्थलमा परीक्षण र क्वारेन्टाइनको अवधिमा स्वास्थ्य सुरक्षा व्यवस्थापनको जिम्मा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई दिइएको छ ।
चीनबाट ल्याइनेको रगत तथा अन्य नमुना परीक्षणको जिम्मेवारी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई दिइएको छ ।
चीनबाट ल्याइएको व्यक्तिमा संक्रमण देखिए आवश्यक उपचार र समन्वय गर्न सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताललाई दिइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस