साढे तीन बर्ष श्रम सहचारीको रुपमा नेपाली राजदूतावास, दक्षिण कोरियामा श्रमसहचारीको रुपमा कार्यरत रही नेपाल फर्कि हाल श्रम तथा रोजगार मन्त्रालय अन्र्तगत कार्यरत रहेको छु । मेरो कार्यकालमा कोरियामा रहेका नेपाली कामदारहरुका जिज्ञासाहरुका आधारमा दक्षिण कोरियामा रहेका खासगरि ई.पि.एस. अन्र्तगत का कामदारहरुका लागि उपयोगी हुने जानकारी प्रस्तुत गरेको छु ।
(१) थेजिकम भनेको के हो ?
प्रवासी मजदुरले हरेक रोजगार स्थानमा एक बर्ष भन्दा बढी काम गरेको अवस्थामा आफनो देशमा (नेपाल) फर्केको १४ दिन भित्र वा स्वदेश फर्कने बेलामा कोरियाको ईन्छन, खिम्फो,वा खिम्हे अन्र्तराष्ट्रिय विमानस्थलको अध्यागमन काउण्टर पार गरेपछि मात्र भुक्तानी हुने एक प्रकारको उपादान नै थेजिकम हो ।
(२) थेजिकमको रकम भुक्तानीको लागि कहिले र कहां आवेदन गर्ने ? भुक्तानी कहां र कसरी लिने ?
(प्रवासी मजदुरले आफनो रोजगार अवधि समाप्त भई स्वदेश फर्कने अवस्थामा बढीमा १ (एक) महिना अगाडि वा घटीमा ७ दिन अगाडि ( स्वदेश फर्कने अनुमानित मिीतको समेत जानकारी गराउंदै) बीमा कम्पनी साम्सुंगवाजेमा बीमा रकम भुक्तानीका लागि आवेदन गर्ने । उल्लेखित रकम आफूले स्वदेशमा (नेपाल) भुक्तानी लिने हो अथवा कोरियाको अन्र्तराष्ट्रिय विमानस्थलको अध्यागमन काउण्टर पार गरेपछि लिने हो,सो बिषयमा साम्सुंगवाजेमा आवेदन दिंदा नै स्पष्ट रुपमा उल्लेख गर्ने । आफू स्वदेश फर्के पछि स्वदेशको (नेपालको) बैंकको खाताबाट भुक्तानी लिने हो भने नेपालमा रहेको आफनो बिदेशी मुद्रा लिन मिल्ने बैक खाता, वा नभए आफनो परिवारको अन्य ब्यक्तिको खाता नम्बर र विवरण उपलब्ध गराई पनि भुक्तानी लिन सक्नेछन् । अथवा बैंक खाता नै नभए पनि सम्बन्धित तोकिएको बैंकबाट पनि भुक्तानी लिन सक्नेछन् ।
(३).मैले नेपालबाट सवारी चालक लाईसेन्स लिएको छु ,उक्त लाईसेन्सबाट कोरियाको लाईसेन्स कसरी लिने ?
नेपालबाट लिएको सवारी चालक अनमतिपत्र कोरियास्थित नेपाली राजदूतावासमा आवश्यक फारम भरी तोकिएको राजश्व सहित बुझाउने । राजदूतासबाट सम्परीक्षण सम्पन्न् भई सकेपछि प्राप्त हुने पत्रलाई कोरियाको सम्बन्धित यातायात कार्यालयमा बुझाएर कोरियामा सवारी चलाउने लाईसेन्स ( नेपालमा भएको वर्ग अनुसार) प्राप्त गर्न सकिन्छ ।
(४).मेरो नाममा नेपालमा घर जग्गा छ । त्यो घर जग्गा म बेच्न चाहन्छु तर अहिले म नेपाल जान सक्दिन, के गर्ने ?
आफनो नाममा भएको घर जग्गा बेचबिखन वा नामसारी गरी दिन वा हक भोग अरुलाई दिन आफू जान नसकेको खण्डमा अधिकृत वारेशनामाको माध्यमबाट बेचबिखन गर्न सकिन्छ । यस्तो अधिकृत वारेशनामा नेपालबाट मगाई, आफूले राजदूतावासमा उपस्थित भई, सहिछाप गरी , प्रमाणित गराई पठाएमा आफू नगए पनि गए सरह काम गर्छ । यस्तो वारेशनामा कानूनले वारेश हुन मिल्ने जो कोहीलाई पनि दिई, उबाट कार्य सम्पन्न् गर्न सकिन्छ ।
(५). म आफनो सेवा अवधि सकेर नेपाल फर्कदै छु । म फर्कने दिन रातो विदा पर्छ, एयरपोर्टमा थेजिकमको पैसा बुझ्ने काउण्टर बन्द हुन्छ कि हुदैन ?
विदाका दिन पनि एयरपोर्टका थेजिकम बुझ्ने काउटर खुला हुन्छन् ।
(६). म कोरियामा ४ बर्ष १० महिना पुरा गरेर स्वदेश फर्कदै छु । म फेरी कोरिया आउन के गर्नु पर्ला ?
कोरियामा ३ बर्ष काम गरेपछि पनि पुन: १ बर्ष १० महिनाको करार अवधि थप भई, आफनो करार सकिनु अगावै स्वदेश फर्कने कामदारले सि.बि.टि. परीक्षा ( कम्प्युटरमा आधारित परीक्षा) उत्तिर्ण गरेर पुन कोरिया आउन सक्दछन् । यसरी कोरिया आउन चाहने कामदारको उमेर ३९ बर्ष ननाघेको हुनु पर्छ । तर कम्पनी परिवर्तन नगरी एउटै कम्पनीमा काम गरेको कामदार भए, रोजगारदाताले चाहेमा अयmmष्ततभम धयचपभच को रुपमा करार अवधि समाप्त हुनु अघि स्वदेश फर्केमा यसरी स्वदेश फर्केको ३ महिना पछि पुन: कोरियामा कामदारको रुपमा (सोही कम्पनीमा) प्रवेश गर्न सक्दछन् । यसरी अयmmष्ततभम धयपभच आउने कामदारलाई उमेरको हद लाग्दैन तथा उसले भाषा परीक्षा पनि दिनु पर्दैन् ।
(७). मैले साहुबाट लेटर लिएर कम्पनी परिवर्तन गर्न पाउने अवधि तीन महिना भित्र स्वदेश (नेपाल) विदामा जान चाहन्छु, मैले के गर्नु पर्ला ?
उत्तर: कम्पनी परिवर्तनको अनुमति रोजगार सेवा केन्द्र ( नोर्दम्बु) प्राप्त गरेको कामदार स्वदेश विदामा जान चाहने कामदारले आफू स्वदेश कति अवधिको लागि जाने हो ,सो कुराको जानकारी रोजगार सेवा केन्द्र ( नोर्दम्बु) मा गराई सो अवधिमा आफूलाई मेसेज नपठाउनु होला भनि अनुरोध गर्ने । स्वदेश विदामा जांदा अनिवार्य रुपमा रोजगार सेवा केन्द्र ( नोर्दम्बु) बाट प्राप्त अनुमति पत्र लिएर जाने तथा फर्केर आउंदा साथै लिएर आउने । अध्यागमनले सोधपुछ गरेमा सो अनुमतिपत्र देखाउने ।
(८). कारणवश स्वदेश फर्कनु अगाडि बीमा रकम भुक्तानीकालागि आवेदन नगरेको प्रवाशी मजदुरले थेजिकम रकम कसरी प्राप्त गर्ने ?
(कारणवश स्वदेश फर्कनु अगाडि बीमा रकम भुक्तानीकालागि आवेदन नगरेको प्रवाशी मजदुरले आफनो देश फर्के पछि ई.पि.एस. (हाल ग्र्वाको ललितपुरमा) शाखामा निवेदन दिएर बिदेशी मुद्रा प्राप्त गर्न मिल्ने खाताको माध्यमबाट रकम प्राप्त गर्न सकिन्छ । (यस पटक नियम परिवर्तन गरी बिमा रकम भुक्तानी अवधि समाप्तिलाई २ बर्षबाट बढाएर ३ बर्ष बनाईएको छ । -लेखक सोलस्थित नेपाली राजदूताबासका पूर्व श्रम सहचारी हुन् |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस