पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विधि प्रक्रिया एवम् ऐन कानूनका आधारमा प्रदेश सरकार अघि बढेको बताएका छन् । गण्डकी प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभामा उठेका प्रश्नको जवाफ दिँदै उनले सरकार जनताका आधारभूत आवश्यकता पूरा गर्नेतर्फ़ उन्मुख रहेको बताएका छन् । आवश्यक भौतिक संरचना निर्माण, स्वास्थ्य, शिक्षा, पर्यटन प्रवद्र्धन, खेलकूदको विकाससँगै सुशासनको प्रत्याभूति दिन सरकार प्रतिबद्ध रहेको बताउँदै उनले सरकारले विकास र समृद्धिका लागि गोरेटो समातिसकेको छ भने ।
प्रदेश सरकार जनताको नजीकको सरकार भएको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले सङ्घीयताको मर्म र भावनाका साथै जनताले अपेक्षा गरेको समृद्धि र विकासको चाहना पूरा गर्नेतर्फ़ सरकार उन्मुख रहेको धारणा राखेका छन् । सङ्घीय शासन प्रणालीअनुसार सङ्घ सरकारले प्रदेशको भावनालाई मनन गरेसँगै विश्वास पलाएको बताउँदै उनले यसले प्रदेशसभा र सरकारको प्रभावकारिता बढेको बताएका छन् ।
सभामा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले अन्नपूर्ण आधार शिविरअन्तर्गत पदयात्राका क्रममा बेपत्ता भएका सातजनाको खोजीका लागि बिहीबार २५ जना पर्वतारोहीको टोली त्यसतर्फ़ पठाइएको बैठकमा जानकारी दिए । माघको २ गते परेको हिउँका कारण पदयात्रामा गएका तीन नेपाली र चार कोरियाली नागरिक बेपत्ता भएको स्मरण गर्दै उनले लगातार हिउँ परेका कारण उद्धारमा कठिनाइ परेको बताएका छन्।
पदमार्गलाई सुरक्षित बनाउने उद्देश्यका साथ प्रदेश सरकारले रु एक करोड ५० लाखको लागतमा विभिन्न तीन स्थानमा उद्धार केन्द्र स्थापना गर्ने तयारी गरिरहेको जानकारी गराउँदै मन्त्री चुमानले त्यसका लागि फागुन महिनाबाट काम शुरु हुने विश्वास व्यक्त गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस