कपिलवस्तु-प्रदेश नं ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले कपिलवस्तुको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र शिवगढीलाई संरक्षण गर्न उच्च प्राथमिकतामा राखेको छ। यसका लागि मन्त्रालयले आवश्यक रकम विनियोजन समेत गरेको जनाइएको छ। प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीले सो क्षेत्रको निरीक्षण गर्नुहुँदै पर्यटकीय गन्तव्यको रुपमा विकसित गरिने जानकारी दिएका छन्।
शिवराज नगरपालिका-१ धानखोलाबाट दुई घण्टा पैदलयात्रा गरी सो स्थानसम्म पुग्न सकिन्छ। मनोरम दृश्यको अवलोकन गर्न सकिन्छ। सो गढी अङ्ग्रेजसँगको लडाइँमा निर्माण गरिएको ऐतिहासिक किल्ला मानिन्छ। शिवगढीबाट प्यूठानको स्वर्गद्वारी, अर्घाखाँचीको सुपादेउराली, गुल्मीको रिडीसम्म पुग्ने पथ निर्माण गरी पर्यटकीय क्षेत्रको करिडोर बनाउने प्रदेश सरकारको योजना रहेको मन्त्री गिरी जानकारी दिएका हुन्।
प्रदेश उद्योग पर्यटन समितिका सभापति दधिराम न्यौपाने कपिलवस्तु जिल्लामा ऐतिहासिकस्थल धेरै रहेकाले भ्रमण वर्ष-२०२० मा पर्यटकलाई यहाँसम्म ल्याउनुपर्ने बताएका छन्। प्रदेश सामाजिक विकास समितिका सभापति दीर्घनारायण पाण्डेयले शिवगढीको विकासका विशेष योजनाका साथ काम गर्ने जानकारी दिए। प्रदेशसभा सदस्य अर्जुन केसीले शिवगढीको संरक्षण र विकासमा गुरुयोजना निर्माण गरी कार्यान्वयनमा जोड दिनुपर्ने बताए। शिवगढी अवलोकनमा प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरी, प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेल, शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारी, प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल, डिभिजन वन कार्यालयका प्रमुख दुर्गा कार्की, इलाका प्रशासन कार्यालयका प्रमुख शङ्कर विष्टको सहभागीता रहेको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस