एजेन्सी – चीनको वुहानमा एक नवजात शिशुमा पनि कोरोना भाईरसको संक्रमण भएको पुष्टी भएको छ । जन्मेको ३० घण्टाभित्रै कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको चिनियाँ संचारमाध्यमले जनाएका छन् ।
सङ्क्रमणबाट पीडित हुने ती शिशु सबैभन्दा कम उमेरका व्यक्ति भएको सञ्चारमाध्यमले जनाएको छ। कोरोनाभाइरस प्रकोपको केन्द्रबिन्दु मानिने हुबे प्रान्तको वुहानमा ती शिशुको गत मङ्गलवार जन्मिएका थिए ।
सुत्केरी हुनुअघि नै उनकी आमालाई सङ्क्रमण भएको पत्ता लागेको थियो। तर ती शिशुमा गर्भावस्थामै भाइरस सरेको हो वा जन्मपछि सरेको यो त्यो स्पष्ट भइसकेको छैन।
अहिलेसम्म चीनमा ५६३ जनाको मृत्यु भएको र २८,००० भन्दा बढीमा सङ्क्रमण भएको पुष्टि भइसकेको छ। थौरै सङ्ख्यामा मात्र बालबालिका पीडित भएको बताइन्छ।
चिनियाँ समाचारसंस्था सिन्ह्वाले ती शिशुलाई सङ्क्रमण भएको समाचार बुधवार प्रकाशित गरेको हो। विज्ञहरूका अनुसार गर्भमै उनलाई सङ्क्रमण भएको हुन सक्छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस