काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पछिल्लो कदमबाट सशंकित नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । अख्तियारले पार्टी उपसभापति विजयकुमार गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि असन्तुष्ट बनेको कांग्रेसले बिहीबार पदाधिकारीको आकस्मिक बैठक बोलाएको हो । बैठक अहिले पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ ।
उपसभापति गच्छदारविरुद्ध दायर मुद्दा र अब पार्टीका तर्फबाट चाल्नु पर्ने कदमका विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएको पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट स्रोतले जनाएको छ ।
सभापति देउवाका स्वकीय सचिव भानु देउवाले गच्छादरविरुद्ध दायर मुद्दाका विषयमा छलफल गर्न बैठक बोलाइएको पुष्टि गरे । उनका अनुसार सभापति देउवाले उक्त विषयमा छलफलका लागि पार्टीका शीर्ष नेतृत्व र कानुन व्यवसायीहरुलाई बोलाएका छन् ।
“उपसभापतिविरुद्ध दायर मुद्दाका विषयमा छलफल गर्न पार्टीका सिनियिर लिडर र कानुन व्यवसायीहरुसँग छलफल गर्न सभापतिले बैठक बोलाउनुभएको हो,” सभापति देउवाको स्वकीय सचिव देउवाले भने, “अहिले छलफल चलिरहेको छ ।”
अख्तियारले बुधबार ललिता निवास प्रकरणमा दोषी ठहर गर्दै कांग्रेस उपसभापति गच्छदारसहित एक सय ७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस