काठमाण्डौ-विज्ञान र प्रविधिका नवप्रवर्तनलाई दैनिक जीवनसँग जोड्नुपर्ने आवश्यकता औँल्याइएको छ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) द्वारा बुधबार आयोजित नवप्रवर्तनसम्बन्धी परामर्श गोठीका सहभागीले विज्ञान र प्रविधिको विकासले मात्र आर्थिक समृद्धि हासिल हुने बताए। विकाशील मुलुकले सूचना प्रविधिक, अन्तरिक्ष, कृषि, स्वास्थ्य, ऊर्जा, व्यवस्थापनलाई प्राथमिता दिने जनाए। सहभागीले ज्ञान, बजार र सीपको विस्तार गरी विकास अनुसन्धानमा लगानी क्षेत्रको विस्तार गर्नुपर्नेमा जोड दिनुपर्ने बताएका छन्।
नेपाल अहिले विश्व नवप्रवर्धनमा १०९ औँ स्थानमा रहेको जनाईएको छ। प्रदेश नं. २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले कृषिमा यान्त्रीकरणको प्रयोगबाट मुलुकुको समृद्धि कायमको सपना पूरा हुने बताए। प्रदेश नं. १ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले नवप्रवर्धनको प्रयोग कृषि, पर्यटन उद्योगमा जोडी रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले नवप्रवर्तक सोचलाई क्षमता विस्तार गरी विश्व बजारको पहुँचसँगै आत्मनिर्भर हुनुपर्ने धारणा व्यक्त गरेका छन्।
नास्टका सचिव डा. महेश अधिकारीले मुलुकका परम्परागत प्रविधिलाई नवप्रवर्तकरुपमा अगाडि बढाउन आवश्यक सहयोग प्रदान गर्ने जानकारी दिए। नास्टका डा. सुरेशकुमार ढुङ्गेलले राष्ट्रिय नवप्रवद्र्धन प्रणालीका ढाँचाको परिचय तथा नास्टको प्रयास, पुल्चोक क्याम्पसका मेकानिकल इञ्जिीनियरिङ विभाग प्रमुख प्रा. डा. नवराज भट्टराईले राष्ट्रिय नवप्रवर्तन सूचकाङ्कको परिचय एवंं नास्टको प्रयास तथा नास्टका प्राज्ञ प्रा. डा. प्रमोदकुमार झाले नवप्रवर्तनको परिचय साथै यससम्बन्धी अन्तर्राष्ट्रिय अभ्यास विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।
पूर्वाञ्चल विश्वविद्यालयका निमित्त उपकुलपति डा. बिजुराज थपलिया, डा. भेषप्रसाद धमला तथा डा. नरेन्द्रकुमार चौधरीले कृषि, औद्योगिक क्षेत्रमा लागू गरेमा उपलब्धि हासिल हुने विचार व्यक्त गर्नुभयो । नास्टले आगामी वैशाख महिनामा काठमाडौँ बृहत् राष्ट्रिय नवप्रवर्तक भेला आयोजना गर्ने जनाएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस